सिएस म्याप अर्घाखाँचीको परिचयात्मक कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पारस्परीक जवाफदेहिता परियोजना अर्घाखाँचीको आयोजनामा परिचयात्मक  कार्यक्रम सम्पन्न भएको छ । 
युएसआइडीको आर्थिक सहयोग, एफएचआई र एकीकृत ग्रामिण विकास समाज गुुल्मीको सहकार्यमा सञ्चालित परियोजनाले जिल्लामा सुशासन प्रर्बद्धनमा कार्य गर्ने संस्थाका कार्यकारी निर्देशक गणेष श्रीपालीले जानकारी गराउनुुभयो । कार्यक्रममा परियोजनाले तीन वर्षको अबधीमा गर्ने कार्यको बारेमा परियोजना संयोजक हिरा कुुवँरले जानकारी गराउनुुभएको थियो । 
कार्यक्रममा प्रमुुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले सुुुशासन प्रर्बद्धनमा संस्थाले आफ्नो भूूमिकालाई प्रभावकारी रुपमा ब्यावहारमा उर्तानुुपर्ने बताउनुुभयो । उहाँले जिल्लामा सुुशासनको क्षेत्रमा बिभिन्न संघ सस्था स्थापना भएको भन्दै उहाँले सुुशासन प्रर्बद्धन गर्ने खालका रेडियो कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै त्यसका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी प्रदीप पौडेलले सुुशासन र जवाफ देहिता अभिबृद्धि गर्न परियोजनाको भूमिका महत्वपूर्ण रहेको बताउनुु भएको थियो । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार बिभाग सदस्य भोजबहादुर गन्दर्व, राष्ट्रिय जनमोर्चाका पशुपति ढकाल, राप्रपाका देबि बहादुर खड्का, अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष इश्वरा गैरे,  जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कृपा ढकाल, जिल्ला जनस्वास्थ्य अधिकृत हरी पन्थी, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष ठाकुुर अधिकारी, बारका अध्यक्ष केबी भुसाल, समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुुमार भुसाल, पत्रकार महासंघका उपाध्यक्ष गणेण खनाल लगायतले परियोजनाको प्रभावकारीताको बारेमा बोल्नुुभएको थियो ।
कार्यक्रममा एलजिएफ गुुल्मीका संयोजक भगवती श्रीसको स्वागत मन्तब्य र परियोजनाका अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले जिल्लामा रहेको सार्वजनिक निकायको सेवा प्रबाहको अवस्था र त्यसको प्रभावकारीतामा काम गर्ने छ ।