पाणिनी गाउँपालिका- ६ धातिवाङ्गमा मोटरबाटाको उदघाटन, स्थानिय निकै हर्सित

 घनश्याम पौडेल 
धातिवाङ्ग, अर्घाखाँची १३ वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा मोटरबाटाको उदघाटन भएको छ । आमाको मुख हेर्ने दिन पारि धातिवाङ्गकै ९३ वर्षिय ज्येष्ठ व्यक्तित्व छविलाल पौडेलले रिवन काटेर उदघाटन गर्नुभएको हो ।
श्रृनगर यातायातको लु १ ज १५२३, लु १ ज २१५१ र देउराली यातायातको ग १ ज ४०२५ नम्बरका तिनवटा जिप, दर्जनौं मोटरसाइकल र धातिवाङ्ग बासिहरूको उपस्थित रहेको थियो ।
मोटरबाटो उदघाटन गर्दै पौडेलले यस्तो गाउँको टोलटोलमा गाडि आउँला भनेर सोचिएको थिएन, २० बर्षको हुदाँ बुटवल गएको थिए, गाडि देखिएका थिएनन, यस्तो यातायातका साधन चल्लान भनेर सोचेको पनि थिएन, अहिले आएर टोलटोलमा मोटरबाटो पुग्दा निकै विकास भएको देखेको छु पौडेलले भने ।
उदघाटनमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का सदस्य हरिप्रसाद पौडेल, एमाले धातिवाङ्गका अध्यक्ष थानेश्वर पौडेल, माओवादि केन्द्रका धातिवाङ्ग अध्यक्ष मनमोहन थापा, स्वास्थ्य चौकि इन्चार्ज मित्रवेद पौडेल, धातिवाङ्ग वडा कार्यालय सहायक इन्द्रमणि पौडेल, वडा प्राविधिक कमल थापा लगाएतले मन्तव्य राख्दै नयाँ खनिएको मोटरबाटाले धातिवाङ्गका यात्रुहरूलाई फाइदा पुग्ने गरि कसैको घरबार नजाने गरि कम क्षति गरेर मोटरबाटो खनेको बताए ।
यो मोटरबाटो उदघाटन भएसँगै धातिवाङ्गका टोलटोलमा मोटरबाटो पुगेसँगै स्थानिय निकै हर्सित भएका छन । मोटरबाटो उदघाटनमा बाजागाजा, नाचगान सहित उदघाटन गरिएको थियो ।
धातिवाङ्ग मावि, ढाव, बोखर, दहकाचौर उपभोक्ता समितिले गत फागुन २६ गते मोटरबाटो खनेर सम्पन्न गरेको थियोे । उदघाटन समारोह उपभोक्ता समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र पत्रकार घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।