राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्गमा विशाल चुनावी सभा सम्पन्न

श्याम घिमिरे 
ढाकाबाङ्ग, अर्घाखाँची, बैशाख १३ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्ग स्थीत पिपलनेटामा बिशाल चुनावी जनसभा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
     प्रजातान्त्रिक बिकेन्द्रीयता संविधानको कार्यान्वयन ,स्थानीय बिकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान भन्ने मुलनारा सहित राष्ट्रीय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा संन्चालीत प्रचारात्मक अभियान अन्र्तगतको चुनावी सभा आज भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्ग स्थीत पिपलनेटामा बिशाल जनसभा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दे राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले  ठुला दलहरुको ध्यान  सत्ता मोह मात्र भएकोले देशको राष्ट्रियता कमजोर भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर संघर्ष गर्नुपर्ने बताउनुभयो । नेता नेपालीले  नेपाली जनताले पटक-पटक गल्ती गर्नाले देश र जनताको स्थिति नाजुक भएको भन्दै देशमा भईरहेको तरल राजनितिको निकास र राष्ट्रिय स्वाधीनताको निम्ती अबको निर्बाचनमा त्यो गल्ती दोहो-याउन नहुने बताउनुभयो । संघियताको वकालत गर्ने पार्टीहरुले स्थानीय तहको निर्वाचन गराउन नसक्नु ठुलो विडम्बना भएको बताउँदै  स्थानिय तहको निर्वाचन यो वा त्यो बाहनामा टार्न खोेजे जनतालाई धोका हुने कुरामा जोड दिनु भएको थियो । नेता नेपालीले माओवादी र मधेशवादी दलका मुख्यतः जातिय र क्षेत्रीय राज्यको नाराले  देशमा तरल अवस्था सिर्जना गरेको दाबी गर्दै आगामि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवार लाई बिजयी गराउन समेत आग्रह  गर्नु भएको थियो । 
सभालाई  मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, अखिल(छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तारा जिसी, राजमो केन्द्रीय सदस्य झविलाल थापा, राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेरबहादुर विसी, सन्धिखर्क नगरपालीका प्रमुख पदकी उमेदवार कल्पना पोख्रेल, भुमेकास्थान नगरपालिका प्रमुख पदका उम्मेदवार कविराम खनाल, उपप्रमुख पदकी उमेदवार सकुन्तला राना, राजमो नेता यमलाल पोख्रेल, कमलप्रसाद घिमिरे,जिबनारायण खनाल,बुद्धि थापा लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । 
कार्यक्रममा प्रगतीशिल पत्रकार संघका केन्द्रीय सदस्य श्याम घिमिरे, यातायात मजदुर संघठनका जिल्ला अध्यक्ष गोविन्द बञ्जाडे, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय सदस्य गिता थापा, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष बिनोद गैरे, सचिव जितेन्द्र खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार डिलाराम भट्टराई,बावुराम बञ्जाडे लगायतको  आतिथ्यता रहेको थियो । 
कार्यक्रम खड्क बहादुर थापाको अध्यक्षता नारायण खनालको स्वागत मनतब्य र मेघराज खनालको सन्चालनमा सम्पन्न भएको छ  ।