राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको खिल्जीमा विशाल चुनावी सभा सम्पन्न

श्याम घिमिरे 
खिल्जी, अर्घाखाँची बैशाख १४ ।  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको  आज भुमिकास्थान नगरपालिकाको खिल्जी स्थीत बेलबाेटमा चुनावी बिशाल जनसभा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
प्रजातान्त्रिक बिकेन्द्रीयता संविधानको कार्यान्वयन, स्थानीय बिकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान भन्ने मुलनारा सहित राष्ट्रीय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा संन्चालीत प्रचारात्मक अभियान अन्र्तगतको चुनावी सभा आज भुमिकास्थान नगरपालिकाको खिल्जि स्थीत बेलबाेटमा बिशाल जनसभा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
सभामा प्रमुख अतिथिको रूपमा मनतब्य राख्दै राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले  सत्ता लुछाचुडिकाे कारण  देशकाे राष्ट्रियता कमजोर भएको भन्दै राष्ट्रिय  स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनु भएकाे छ। नेता नेपालीले  नेपाली जनताले पटक-पटक गल्ती गर्नाले देश र जनताको स्थिति नाजुक भएको भन्दै देशमा भईरहेको तरल राजनितिको निकास र राष्ट्रिय स्वाधीनताको निम्ती अबको निर्बाचनमा त्यो गल्ती दोहोर्‍याउन नहुने भन्दै  पछिल्लो समयमा संघियताको वकालत गर्ने पार्टीहरुले स्थानीय तहको निर्वाचन गराउन नसक्नु ठुलो विडम्बना भएकोले स्थानिय तहको निर्वाचनलाई बिभिन्न बाहनामा टार्न खोेजे जनतालाई धोका हुने कुरामा जोड दिनु भएको थियो ।  माओवादी र मधेशवादी दलका जातिय र क्षेत्रीय राज्यको नाराले  देशमा तरल अवस्था सिर्जना गरेको दाबी गर्दै आगामि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवार लाई बिजयी गराउन  आग्रह समेत गर्नु भएको थियो । 
सभालाई  मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, अखिल(छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तारा जिसी, राजमो केन्द्रीय सदस्य झविलाल थापा, राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेरबहादुर विसी, महिलानेत्रृ कल्पना पोख्रेल, भुमेकास्थान नगरपालिका प्रमुख पदका उम्मेदवार कविराम खनाल, उपप्रमुख पदकी उमेदवार सकुन्तला राना, अखिल नेपाल शिक्षक संघका जिल्ला सल्लाहकार कमलप्रसाद घिमिरे, राजमाे नेता गाेपाल पाैडेल,तुल्सिराम बेल्वासे, जिबलाल बन्जाडे, लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । 
कार्यक्रम ज्ञान बहादुर सुनारको अध्यक्षता बुद्धि बन्जाडेको स्वागत मनतब्य र हिमलाल बन्जाडेको सन्चालनमा सम्पन्न भएको छ  ।