भूमिकास्थान नगरपालिकाको पान्डाँडामा युवा संजालको गठन

गोपाल प्रसाद भट्टराई
पान्डाँडा,अर्घाखाँची । भूमिकास्थान नगरपालिका स्थित नुवाकोटको पान्डाँडामा सम्पन्न भएको वुवाहरुको भेलाले युवा संजाल नुवाकोटको गठन गरेको छ ।
समाजमा ब्याप्त रहेका बिकृति बिसंगतिको न्युनिकरण गर्दै सामाजिक कार्यमा वुवाहरुलाई अग्रसर गराउने मूख्य लक्ष्यका साथ संजाल गठन गरिएको अगुवा युवाहरुले बताएका छन् । 
भेलाले नवराज सिंह ठकुरीको अध्यक्षतामा २१ सदस्यिय युवा संजालको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा बिष्णु बराल, सचिव राम चन्द्र श्रेष्ठ, सह-सचिव प्रेम वली र कोषाध्यक्षमा पदम श्रेष्ठ निर्बिरोध चयन हुनुभएको छ ।
भेलाले आसन्न स्थानिय निर्बाचनलाई लक्षित गरेर बैशाख २० गते देखी ३० गते सम्म नुवाकोटका सबै टोलमा पुगेर अन्तरक्रिया गर्ने,कार्यक्रमको शिलशिलामा जनताको राय अनुसार गाउँका समस्यालाई हल गर्ने सक्षम ब्याक्तिलाई मेयर र वडा समितिमा जिताउन सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै भेलाले गाउँका जनस्तरमा रहेका समस्याको पहिचान गरि समाधानको पहल गर्ने आफुहरुले नसकेमा माथिल्लो निकायमा पु-याउने,गाउँको विकासको निम्ती सामाजिक कार्यमा युवाहरु क्रियाशिल हुने लगायतका निर्णय गरेको बिष्णु बरालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु