पाणिनी गाउँपालिकाको धातिवाङ्गका गाउँभरि कुखुरापालन गर्ने कृषकहरु बढे

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ । 
कुखुरापालनको माग अर्घाखाँची जिल्ला सहित रुपन्देही कपिलवस्तुमा बढ्न थालेपछि कृषकहरु यसको व्यवसायीक कुखुरापालनमा लागेका छन । कम मिहेनतमा राम्रो आम्दानी हुने जानकारी पाएपछि कृषकहरुले फार्म बनाई कुखुरापालन गर्न थालेको बताएका छन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा गाउँभरि कुखुरापालनका फार्म बनाई व्यवसायिक रुपमा कुखुरापालन गर्ने कृषकहरुको संख्या बढेको छ ।
लामो समय इन्डिया बसेर खगिश्वर पौडेल अहिले धातिवाङ्गमा आफनै जग्गामा फार्म बनाई कुखुरापालनमा लागेका छन । गाउँमै केहि गर्नुपर्छ भन्ने उद्देश्यले कुखुरापालनमा लागेको उनले बताए । ५ लाखको लगानीमा फार्म बनाई दुई वर्ष अगाडिदेखी कुखुरापालन व्यवसाय सुरु गरेका हुन, उनले एकपटकमा १००० कुखुराको चल्ला राखेको बताए ।
एक लट उत्पादनहुन ४० देखि ४५ दिन लाग्छ, उनले भने उत्पादन भएको कुखुरा कपिलवस्तु र रुपन्देही विक्रि गर्न पठाईएको छ, गाउँमा खपत हुदैन । वार्षिक कुखुरापालनबाट घर खर्च चलाएर ४ देखि ५ लाख बचत हुन्छ पौडेलले भने ।
धातिवाङ्गमा खगिश्वरको सँगसँगै सागर पौडेल, पदमप्रसाद पौडेल, हिमलाल पौडेल, पुष्कर पौडेल, नन्दराम पौडेल, रमेश पौडेल, मिनवहादुर विक  लगाएत दर्जनौले आफनै लगानीबाट कुखुरापालन फर्म सञ्चालन गरेका छन ।
अर्घाखाँची जिल्लाका कृषकहरुले कुखुरापालन आजभोली आम्दानीको बलियो श्रोत बन्दै गएको छ । कम लगानी र थोरै मेहनतबाट पनी मनग्य आम्दानी भएपछि यहाका कृषकहरु तरकारी खेतीमा आकर्षित भई मनग्य आम्दानी गर्ने बलियो आम्दानीको श्रोत बन्नपुगेको छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँगाउँमा व्यवसायीक रुपमा कुखुरापालन, बाख्रापालन, भैसीपालन, गाईपालन व्यवसाय गर्न थालेका कृषकहरु दिनप्रतिदिन बढिरहेको पशु कार्यालयले जानकारी दिएको छ ।