नेपालका अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाहमा अतिमहँगो क्रिस्टल डेकोरेसनसहित चाँदीको मन्डप नै बनाइयो ।
विनोदका छोरा बरुणको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे पनि उपस्थित भए । यस्तै, उनका छोराको विवाहमा नेपाल भारतका उद्योगी व्यवसायी, बलिउड अभिनेता सलमान खानदेखि भारतका चर्चित सेलिब्रटी, राजनीतिज्ञ, लेखक, खेलाडीहरुको उपस्थिति रहेको थियो ।
विवाह गत विहीबार भारतको राजस्थानस्थित उदयपुरमा भएको हो । वरुणको विवाह भारत, जयपुरकी अनुश्री टोंग्यासँग भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विवाह सम्पन्न गर्नका लागि भारतको बनारस, पुष्करलगायतका धार्मिक सहरहरुबाट ३५ जना पन्डितलाई बोलाइएको थियो भने मारवाडी संस्कारअनुसार सात फेरा लगाइएको थियो ।
विवाहका लागि सुरक्षासहितको ५०० ओटा कार र होटलका ७०० ओटा कोठा बुक गरिएको जनाइएको छ । सन् २०१६ मा फोर्ब्स पत्रिकाले विश्वभरिको अर्बपतिको सूचीमा उनको नाम समावेश गरिएको थियो ।
चौधरी ग्रुपका मालिक विनोदले यसभन्दाअघि छोरा राहुलको विवाह पनि मुम्बईका एक व्यापारीकी छोरी सुरभी खेतानसँग गराएका थिए । विनोद चौधरीका पूर्वज भारतको राजस्थानस्थित फत्तेपुरबाट नेपाल आएका थिए । उनका हजुरबुबाले सुरुमा काठमाडौंमा कपडाको पसल खोलेका थिए
हजुरबुबाले स्थापना गरेको व्यापारबाट विनोदले काठमाडौंमा रात्रिक्लब सन्चालन गरे । त्यसपछि आयात निर्यातको व्यापार गरे र अहिले उनको चौधरी ग्रुपले बिमा, फास्टफुड, रियल स्टेट, इलेक्ट्रोनिक्सलगायतको क्षेत्रमा व्यापार गरिरहेको छ ।
इमेजखबरबाट