अर्घाखाँचीका गाउँगाउँमा जोत्नका लागी ट्याक्टरको प्रयोग दिनप्रतिदिन बढ्दै

घनश्याम पौडेल 
धातिवाङ्ग, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाका गाउँगाउँमा जोत्नका लागी ट्याक्टरको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । कम लगानी र थोरै समयमा जोतिने भएकाले पछिल्लो समयमा सदरमुकाम सन्धिखर्कका वरिपरिका खेतबारी सहित अहिले जिल्लाका गाउँगाउँमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।
आजभोली मकै छर्ने पानी नपरेकोले मोल फालेर मोल पुरर्नका लागी ट्याक्टरको प्रयोग गरिएको छ । हाते ट्याक्टर जिल्लाका अधिकाशं साविकका गाविसमा एक दुई वर्ष अगाडि देखि प्रयोग गर्दै आएका छन ।
जिल्लाका टोलटोलमा मोटरबाटो पुगेसँगै पछिल्लो समयमा मालसमान ढुवानी गर्ने ट्याक्टर जोत्नका लागी प्रयोग गरिएको छ । एक हल गोरुले एक दिनमा जोत्ने ट्याक्टरले आधा घण्टामा जोत्छ, गोरुले जोत्न भन्दा ट्याक्टरले जोत्न सस्तो पर्छ पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका कृषक गोविन्दप्रसाद पौडेलले भने ।
ट्याक्टरले जोत्न थालेसँगै गोरु पाल्ने कृषकहरु पनी दिनप्रतिदिन घट्दै आएका छन । ट्याक्टरले एक घण्टामा चौध सय तथा हाते ट्याक्टरले एक घण्टामा पाचँ सय लिने गरेका छन । बारीमा सँगसँगै खेतमा पनी जोत्न ट्याक्टरको प्रयोग गरिदै आएको छ ।