घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची, १८ वैशाख । अर्घाखाँची जिल्लाका कृषकहरु यतिवेला मकै रोप्न व्यस्त छन ।
सोमबार विहान परेको पानीपरेसँगै कृषकहरु मकैको विउँ बनाउन व्यस्त देखिन्थे । सोमबार विहान दश बजे सम्म पानी आएको थियो ।
एघार बजेदेखि पानी पर्न छोडेपछी घाम लागेसँगै कृषकहरु धमाधम विउँ बनाउन, गोरु खोज्न, ट्याक्टले जोत्ने ठाँउमा ट्याक्टर खोज्न व्यस्त छन ।
अझ चटारो त गोहु नकाटेका कृषक देखिन्थे । पानी सँगै असिना परेपछि पाकेको गोहुँ असिनाले झारेर नाश समेत गरेको छ । गोहु काट्दै, मोल फाल्दै मकै छर्नका लागी जिल्लाभरका कृषकहरु व्यस्त छन ।