राष्ट्रिय जनमोर्चा ट्रेड युनियन महासंघ अर्घाखाँचीले १२८औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनायो

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची, बैशाख १८  । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने मुख्य नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाईन्छ । 
अमेरीकामा श्रमिकहरुका बिभिन्न माग राखी सुरु गरीएको उक्त आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो भन्ने नखुलेपनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग-यो र सोही क्रममा प्रहरीको गोली लागि सात जना मजदुरहरुको ज्यान पनी गयो फलस्वरुप मजदुर आन्दोलनले सफलता समेत हासिल ग-यो । त्यसैगरी सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय ग-यो त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिख अर्थात आजैको दिनमा श्रमिक दिवस मनाउन सुरु गरियो । 
यसै दिवसको अबसरमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक अर्घाखाँचीको आयोजनामा आज १२८ औं अन्तराष्ट्रिय मजदुर दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । महासंघका जिल्ला अध्यक्ष शिद्धी प्रसाद भट्टराईको अध्यक्षता गोबिन्द बिसीको स्वागत मनतब्य र तुल्सी गैरेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अन्यायअत्यचारको बिरुद्धमा संघर्ष गर्नु पर्ने भन्दै आफ्नो हकहितको लागी सबै मजदुरहरु एकजुट हुनुको बिकल्प नभएको बताउनु भएको थियो । 
यसरी मनतब्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी पशुपती ढकाल, अन्टुकका जिल्ला सल्लाहकार कमलप्रसाद घिमिरे,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिबनारायण खनाल,राजमो नेता कल्पना पोख्रेल, तुल्सीराम खनाल, यातायात ब्यबसायी गोबिन्द बन्जाडे, महेश बुढा, पत्रकार श्याम घिमिरे, बिनोद गैरे लगाएतका रहनु भएको थियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगार दातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेका छन । विसं २०४६ को राजनीतिक परिवर्तन संगै नेपालमा पनी यो दिवसको दिन सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।