सन्धिखर्कमा पारस्परिक जवाफदेहिताका लागि स्थानीय पहल परियोजनाको समन्वय बैठक सम्पन्न

सागर परियार
सन्धिखर्क, अर्घाखाँची ।  पारस्परिक जवाफदेहिताका लागि स्थानीय पहल परियोजनाको आयोजनामा सन्धिखर्कमा सरोकारवालाहरुको बीचमा समन्वय बैठक सम्पन्न भएको छ । 
युएसएआइडीको आर्थिक सहयोग तथा एफएचआई र एकस्कृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजाना अन्र्तगत स्थानीय स्तरमा सुुशासन र जवाफदेहिताको बारेमा सरोकारवालाको बीचमा समन्वय बैठक सम्पन्न भएको हो । जिल्लामा सुुशासन तथा जवाफदेहिता अभिबृद्धिका लागि बैठकको आयोजना गरिएको संस्थाका अध्यक्ष हृदयकुुमार भुसालले जानकारी दिनुुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत हरिषचन्द्र भुसालले सामाजिक सुुशासन प्रर्बधन गर्न संस्थागत सुुशासन जरुरी रहेको बताउनुुभएको थियो । 
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बलाराम मिश्र, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पुुस्पा थापा, जिल्ला कृषि विकास कार्यालयका नन्दलाल पाण्डे, अर्घाखाँची उद्योग बाणिज्य संघका उपाध्यक्ष अशोक कुुमार श्रेष्ठ,  गैरसरकारी संस्था महासंघका अध्यक्ष भोजबहादुर गन्दर्भ, पत्रकार महासंघका उपाध्यक्ष गणेष खनाल लगायत जिल्ला स्थित सुुशासनको प्रर्बधनको क्षेत्रमा सक्रिय संघ संस्थाका प्रमुुख एवं प्रतिनिधीको सहभागिता रहेको थियो । सोही बैठकले जिल्लामा रहेका सरोकारवालाको सहभागितामा सार्वजनिक गैरसरकारी कार्य सञ्जालको गठन गरिएको छ । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत हरिषचन्द्र भुसालको संयोजकत्वमा जिल्लाका सरोकारवालाको प्रतिनिधीत्व हुुने गरी ९ सदस्सीय सार्वजनिक सञ्जालको गठन गरिएको हो । उक्त सञ्जालले जिल्लामा सुुशासन तथा जवाफदेहिता प्रर्बधनको क्षेत्रमा रहेका समस्याको समाधानका लागि पहल गर्ने परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुुभयो । 
कार्यक्रम संस्थाका अध्यक्ष हृदयकुुमार भुसालको अध्यक्षता, सचिव सागर परियारको सञ्चालन र बसन्त श्रेष्ठको सहजिकरणमा सम्पन्न भएको थियो । अर्घाखाँची र गुुल्मीमा यो परियोजना तीन वर्षका लागि लागुुभएको छ ।