पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ ।
आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।
सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी आक्रमणमा संलग्नता रहँदै आएको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको छ ।
फाँसीका सजाय पाएका ती आतंककारी प्रतिबन्धित समूह तेहरिक ए तालिबान पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ ।
सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो ।
सैनिक विद्यालयमा भएको त्यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।
त्यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालतले आतंककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ ।
गत मार्चमा पाकिस्तानी संसदले थप दुई वर्षको लागि सो सैनिक अदालतलाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै त्यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो । रासस/सिन्ह्वा