सन्धिखर्कमा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीद्धारा प्रकासीत नयाँ बर्ष २०७४ सालको भित्ते पात्रोको बिमोचन आज एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।
 बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले कर्मचारीहरु नेपाली जनताको सेबा गर्नको लागी हरदम तत्पर हुनु पर्ने भन्दै आफ्नो पेसाप्रति ईमानदार भएर लाग्नु पर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले आसन्न स्थानीय निर्वाचनको समयमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कुनैपनी संघ संगठनको हैसीयतमा बाहीर नदेखीन पनि कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो । 
निर्वाचनमा संघ संगठनको हिसाबले  बिभिन्न गतिबिधीहरुमा आबद्धता देखीयो भने कठोर भएर अप्रिय निर्णय गर्न आफु बाध्य हुने भन्दै ईतिहाँसले सुम्पीदिएको जिम्मेवारीलाई कर्तब्यनिष्ठ भएर पुरा गर्न निर्देशन समेत दिनु भएको थियो । कुनैपनी कर्मचारीहरु पाबरको पछाडी लाग्न नहुने भन्दै राज्यले कर्मचारी माथी सुम्पीदिएको जिम्मेवारी बोधगर्नु पर्नेमा पोख्रेलले जोड समेत दिनुभएको थियो । 
कार्यक्रम  संगठनका जिल्ला अध्यक्ष चिरनजीबि अधिकारीको अध्यक्षता सहसचिब मदन बेल्बासेको स्वागत मनतब्य र सचिब दिलिप केसीको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

अन्य समाचारहरु