रमेश थापा
किमडाँडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ८ किमडाँडा पकलेमा ४५ दिने डकर्मी तालिम शुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजना शुरु भएको उक्त तालिममा २० जनाको सहभागीता रहेको छ । उनिहरुलाई तालिममा सहभागीता भए बापत दैनिक ३०० रुपैया दिईएको छ । तालिम रमेश थापाको प्रशिक्षण र संयोजक सन्चालन भएको भएको छ ।
कार्यक्रममा घरेलुका कार्यालय प्रमुख कमल सुतार र बलराम रायमाझीको उपस्थिति रहेको थियो ।