सन्धिखर्कमा दलित समुदायका सदस्यहरुलाई सशक्तीकरण एवं कानुनी शिक्षा अभिमुखिकरण तालीम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  सन्धिखर्क नगरपालीकाकाे अायाेजनामा दलित समुदायका समूह सदस्यहरुलाई सशक्तीकरण एवं कानुनी शिक्षा अभिमुखिकरण तालीम सन्धिखर्कमा सम्पन्न भएकाे छ । 
सन्धिखर्क नगरपालीकाकाे सभाहलमा सम्पन्न तालीममा दलित समुदायहरुकाे एेतिहासिक पृष्ठभूमि, दलित समुदायहरुकाे बर्तमान अवस्था, दलितहरुकाे भुमिका र दलितहरुकाे अधिकारकाे बिषयमा अधिवक्ता के.बी भुसाल, विजय खत्री के.सी.,जगन्नाथ भुसाल र टीका भुसालले प्रशिक्षण दिनुभएकाे थियाे । 
उहाहरुले कानुन भनेको के हो कानुनि सहायत  लिन कहाँ जानू पर्छ बारएसोसियसन ले गर्ने काम कारबाही लगायतका बिषयमा सहजिकरण गर्दै दलित अान्दोलन दलितहरुका समस्या बर्तमान अबस्थाका बारेमा भनाइ राख्नु भएको थियोे ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका अन्तर्गतका विभिन्न वडाहरुवाट ५० जना दलितहरुकाे सहभागीता जनाएका थिए ।
नेपाल पत्रकार महासंघका गणेश खनाल, सुर्य प्रसाद भुसाल, विनाेद गैरेकाे उपस्थिति रहेकाे कार्यक्रम सन्धिखर्क नगरपालिकाका कार्यकारी जीवन ज्ञावालीकाे सभापतित्व, सीता वि.सीकाे स्वागत तथा अाेवर्सियर नारायण पोख्रेलकाे संचालनमा अाजकाे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ कार्यक्रम भाेली बैसाख २४ गते सम्पन्न हुने नारायण पाेख्रेलले जानाकारी दिनुभएकाे ।