जिल्ला अस्पताल सन्धिखर्कमा १० लाख लगानीमा सोलार जडान

अस्पतालमा स्वास्थ्य मन्त्रालयको ५ लाख,नगरपालीकाको २ लाख र बिदेशबाट संकलित रु ३ लाख गरी जम्मा रु १० लाख बराबरको सोलार सिस्टम जडान  गरिएको छ । 

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला अस्पतालमा सोलार जडान गरिएको छ । 
जिल्लामा नियमित विधुत सेवा अवरुद्ध हुँदा जिल्लाको एक मात्र अस्पतालमा समस्या परेको बेला सोलार जडान गरिएको हो । सोलार जडानका स्वास्थ्य मन्त्रालयबाट पाचँ लाख, सन्धिखर्क नगरपालीकाबाट दुई लाख र अर्घाखाँची जिल्लाबाट विदेशिएका युवाहरुबा तीन लाख गरी  दश लाख जम्मा भएको अस्पताल विकास समितीका अध्यक्ष कृष्ण खनालले बताए ।
सोलार जडान पछि अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई उपचारमा सहयोग पुग्ने भन्दै एक्सरे बाहेक सवै मेसिनहरु बिजुली नभएपनी पाचँ घण्टा चल्छ, लाईन कतिबेला आउँला र उपचार गरौला भनेर पर्खिन पर्दैन स्वास्थ्य प्रमुख जगन्नाथ तिवारीले भने । 
यस्तै चौबिसै घण्टा उज्यालो अभियान अन्र्तगत जिल्ला अस्पताल अर्घाखाँचीलाई एक कार्यक्रमका बिच आज रु ३ लाख रुपैया रकमको चेक हस्तान्तरण गरीएको छ । रोजगारीको शिलसिलामा अर्घाखाँची जिल्लाबाट  बिदेशमा गई बिभिन्न पेसा ब्यबसायमा संम्लग्न ब्यक्तिहरुको आर्थिक सहयोगमा जिल्ला अस्पताल अर्घाखाँचीमा सोलार सिस्टम जडानको निम्ती उक्त रकम हस्तान्तरण गरीएको हो । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायण बहादुर खत्रिले यस्तो प्रकारको सहयोगले  जिल्ला अस्पतालको चौतर्फी बिकासमा ठुलो सहयोग पुग्ने भन्दै सहयोगी हातहरु सधै एक कदम अगाडी हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जगनाथ तिवारी,अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण खनाल,कैलास बिकास बैंकका प्रमुख सन्दिप पौडेल,नेपाली काँग्रेसका नेता कमल भुसाल,सन्चारकर्मी लगाएतको उपस्थीति रहेको थियो । साथै बिदेशमा आर्थीक संकलन गर्नेका घरपरीबारहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरीएको थियो । कार्यक्रम लोक बहादुर दर्जिको अध्यक्षता र सहयोगी बिसीको सन्चालनमा सम्पन्न भएको छ ।