भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक वृद्धद्वारा चौरासी वर्ष पुगेपछि प्रतीक्षालय निर्माण

राज कुमार श्रेष्ठ 
नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक वृद्धले प्रतीक्षालय निर्माण गर्नु भएको छ । 
भूमिकास्थान नगरपालिका -८ ( साविक नुवाकोट ६ लात्तेबाज) का तेजमान श्रेष्ठले आफ्नो ८४ वर्ष पुरा गरेको अबसरमा बाटोमा आवतजावत गर्ने बटुवाको लागि भन्दै प्रतीक्षालय निर्माण गर्नु भएको हो ।   
साधारण परिवारका वृद्धले चौरासी वर्ष पुगेपछि प्रतीक्षालय निर्माण गर्नु भएको हो ।  प्रतीक्षालय निर्माणमा अन्दाजी ३ देखि ४  लाख खर्च भएको अर्घाखाँची डट्कमलाई बताउनु भयो ।     
४ छोरा तथा ८ छोरीलाई हुर्काइ पढाई बिहेदान गरिसकेका उहाका अहिले ७० जना पलातिना सन्तान रहेका छन् । जन्म १९९० भएका तेजमानकी श्रीमती गोमा श्रेष्ठ पनि श्रीमानको सामाजिक कार्य प्रति खुशी हुनुहुन्छ ।  उहाहरु गाउँमा  कृषि काम गर्दै आनुभएको छ ।
प्रतीक्षालय सामान्यतया जोसुकैले बनाउन सकेता पनि जिल्लामा सामान्य परिवारबाट आफ्नै मिहिनेत खर्च गरेर बनाउने तेजमान श्रेष्ठ पहिलो व्यक्ती हुनुहुन्छ ।