सन्धिखर्कमा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न, मुख्य निर्वाचन अधिकृतद्वारा मतदाताहरुलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागीहुन आग्रह

( पहिलो प्रकासित मिती: २०७४ वैशाख २६, मंगलवार)
श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखा  द्धारा प्रकाशित नयाँ बर्ष २०७४ सालको भित्ते पात्रोको बिमोचन मंगलवार एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।
बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस तथा मुख्य  निर्वाचन अधिकृत केशब प्रसाद बास्तोलाले दोस्रो चरणको निर्वाचन निश्पक्ष, भयरहित,धादलीरहित र शान्तीपूर्ण ढंगबाट सम्पन्न हुने भएकोले सम्पुर्ण मतदाताहरुलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागीहुन आग्रह गर्नु भएको छ ।
सुरक्षा सम्बन्धी सम्पुर्ण  योजना तयार भइसकेको हुनाले मतदाताहरुलाई कुनै प्रकारको असुरक्षा नहुने भन्दै न्यायाधीस बास्तोलाले लामो समय पछी हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई सफल पार्न सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पाख्रेल,सन्धिखर्क नगरपालीकाका कार्यकारी अधिकृत जिबन ज्ञबाली लगायतले मनतब्य राख्दै ऐतिहासीक निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह एवं अनुरोध गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रिको अध्यक्षता गणेश खनालको स्वागत मनतब्य र नबिन केसीको सन्चालनमा सम्पन्न भएको थियो । जिल्लामा शान्तिपुर्ण र भयरहित वातावरणमा निर्बाचन सम्मपन्न गर्नको लागी सुरक्षा निकाय तयार रहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पाख्रेल,सन्धिखर्क नगरपालीकाका कार्यकारी अधिकृत जिबन ज्ञबाली लगायतले मनतब्य राख्दै ऐतिहासीक निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह एवं अनुरोध गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रिको अध्यक्षता गणेश खनालको स्वागत मनतब्य र नबिन केसीको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु