सन्धिखर्कमा सरुवा रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

( पहिलो प्रकासित मिती: २०७४ वैशाख २६, मंगलवार)
श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा मेरो नेपाल स्वस्थ्य नेपाल , मेरा बर्ष २०७४ म स्वस्थ्य,मेरो देश स्वस्थ्य भन्ने मुलनाराका साथ बिभिन्न खाले नसर्ने रोगहरुको रोकथाम तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियम गर्ने कानुन कार्यान्वयनका लागी पत्रकारहरु संग एक दिने अन्र्तक्रिया तथा छलफल कार्यक्रम मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर रामप्रसाद गौतमको सन्चालन नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनालको अध्यक्षता र जनस्वास्थ्य अधिकृत पुष्पा थापाको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रमा बोल्ने बक्ताहरुले नसर्ने रोगहरुको जानकारी यसबाट बच्ने उपायहरु र सुर्तिजन्य पदार्थको प्रयोग र यसले मानब जिबनमा पार्ने नकरात्मक असरहरुको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका क्रियाशिल सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।