सन्धिखर्कमा अाठाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

( पहिलो प्रकासित मिती: २०७४ वैशाख २६, मंगलवार)
श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  राष्ट्रका लागी खेलकुद ,स्वास्थ्यका लागी खेलकुद भन्ने मुख्य नारा सहित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज बाट आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सन्चालन भएको छ । 
प्रतियोगीताको उद्घाटन सत्रमा मनतब्य राख्दै अर्घाखाँची जिल्लाका माननिय जिल्ला न्यायाधिस केशब प्रसाद बास्तोलाले खेलको माध्यम बाट जिल्ला र देशलाई अन्तराष्ट्रिय स्तरमा  चिनाउन सकिने भन्दै खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउनु पर्नेमा जोड दिनु  भएको थियो । 
बिभिन्न प्रकारका खेलहरुले ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल, स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बलराम मिश्र्र,सबुज गणका गणपति लक्ष्मीभक्त श्र्रेष्ठ, प्रहरी नायब निरीक्षक एकनारायण कोईराला, सन्धिखर्क नगरपालीकाका कार्यकारी अधिकृत जिबन ज्ञवाली, नेपाली काँग्रेसका नेता छबिलाल पौडेल, नेकपा माओबादी केन्द्रका नेता चन्द्रबहादुर खड्का,परीबार दलका डिल्लीराज भुसाल ,बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिद्धीप्रसाद भुसालको अध्यक्षता ज्ञानेन्द्र घिमिरेको स्वागत मनतब्य र शिक्षक शोभाखर पन्थीको सन्चालनमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम पश्चात १००,२००,४००,८०० र १५०० मिटरका छात्र छात्राहरु बिच दौड प्रतियोगीता समेत भएको थियो ।
यस अघि २०७३ को चैत्र महिनामा हुने भनिएको प्रतियोगीता स्थानिय निर्वाचन र सुरक्षा लगाएत का बिभिन्न कारणहरु देखाउदै जिल्ला प्रशासनको निर्देशनमा स्थगन गरीएको थियो ।