अब सन्धिखर्कबासीको मर्निङ – इभिनिङ वक लदाम बगैचा तिर

निर्माणाधीन लदाम बगैचा  ।

प्रेम खड्का 
लदाम बगैचा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अब सन्धिखर्कबासीले  ‘मर्निङ’ वा ‘इभिनिङ वक’ तथा याेगा ध्यान अन्य शरीरिक व्यायामसँगै हरित बाताबरणका लाभ सहजै लिन पाउने भएका छन् । यसका लागि निर्माणाधीन अवस्थामा रहेकाे अर्घाखाँची जिल्लाको सन्धिखर्कको लदाम बगैंचा अत्यान्तै प्रभावकारी हुने देखिएको छ ।
निर्माणाधीन लदाम बगैचामा पहिलाे चरणकाे कार्यक्रम अन्तर्गत वरिपरि भण्डै १२०० मिटर रिङ्ग राेड खन्ने कार्य सम्पन्न भएकाे छ । रिङ्गराेड उकालाे, अाेरालाे साथै समथर भएकाे र मर्निङ्गवक पश्चात् ब्याम तथा शारिरिक कसरत गर्न अत्यान्तै राम्रो वातावरण रहेको छ ।
नगर क्षेत्रमा बाटाेमा सवारी साधन धुलाे धुवाँ काेलाहल जस्ता प्रर्दुषण भएकाेमा याे बगैचा हरेक दृष्टिकोणले अन्य ठाउँकाे तुलनामा बढि लाभ लिन बिकास गरिन लागिएकाे छ भने अाधुिनकिकरण हुदैँ गरेकाे बगैचामा मन्दिर निर्माण, पानीकाे फाेहारा, स्विमिङ पुल, बालबालिकाका लागि चिफलेटी पिङ लगायत बिभिन्न बगैंचाका खण्ड भि्यु टावर हरित मार्ग बिकास क्रमश हुदैँ जाने भएकाे छ । यस्तै यहाँ पिक्निक तथा पार्टी हल, मिनि चिडिया खाना, बेन्चहरु, दुवो, विभिन्न जातका फुलहरु, सिसि क्यामेरा लगायतका पूर्वाधार निर्माण गरिने छ । 
लदाम बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । गत वैशाख १६, शनिवार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरेका थिए ।
 लदाम बगैंचा  करिव ३० रोपनी जग्गामा फैलिएको छ । यो संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो  । यहाँ  पिक्निक खानको लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन ।