स्व. तारा प्रसाद श्रेष्ठ ( किशोर श्रेष्ठ) । तस्बिर: फेसबूकबाट
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका – ५ ( साविक असुरकोट – ४ ) का एक युवाको साउदी अरबमा सडक दुर्घट्नामा परेर मृत्यु भएको छ ।
बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका २३ बर्षीय तारा प्रसाद श्रेष्ठ ( किशोर श्रेष्ठ)को जुबेलमा सडक दुर्घटनामा परेर निधन भएको हो।
साउदीको जुबेल स्थित मोर्तको होममा काम गर्दै आएका श्रेष्ठको गत मे ९ गते मंगलबाट साँझ ६:४५ बजे स्थानिय खोनानी पेट्रोल पम्प-४ संगैको सडकमा साईकलबाट पार गर्ने क्रममा विपरित दिशाबाट तिब्रगतिमा आएको कारले ठक्कर दिदा घटनास्थलमा मृत्यु भएको थियो।
करिव २६ महिना अगाडि नेपालको क्याराभान एम्प्लोयेमन्त मेनपावर मार्फत साउदी अरब आएका श्रेष्ठले यो वर्षको दशैँमा नेपाल फर्कने योजना बनाएका थिए। उनी परिवारमा ३ दाजुभाई मध्ये कान्छा थिए ।
मृतकको शब अहिले स्थानिय जुबेल जनरल हस्पिटलमा राखिएको छ । नेपाली दुताबासले अर्घाखाँचीडट्कमलाई बताए अनुसार आबश्यक कागजात प्रक्रिया पुरा भएपछि छिटो भन्दा छिटो दुई हप्ता भित्रमा शब नेपाल पठाईने बताइएको छ ।
स्व. तारा प्रसाद श्रेष्ठ ( किशोर श्रेष्ठ) । तस्बिर: फेसबूकबाट