ट्रेड युनियन अर्घाखाँचीले पुर्णता पायो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा निजामती कर्मचारीहरुको जिल्ला स्तरीय आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले  पुर्णता प्राप्त गरेको छ ।
आज बसेको बैठकले सरुवा तथा विभिन्न कारण रिक्त हुन गएका मध्ये सम्बन्धित ट्रेड युनियनको सिफारिस अनुसार उपाध्यक्षमा जिल्ला शिक्षा कार्यालयका बि. नि. श्री बलराम मिश्र, कोषाध्यक्षमा पशु सेवा कार्यालयका लेखापाल  श्री शिवनाथ श्रेष्ठ र सदस्यमा जिल्ला वन कार्यालयका श्री लक्षमण भट्टराईलाई समाबेश गर्ने निर्णय गरेको हो ।
 
पुर्णता पश्चात् आधिकारिक ट्रेड युनियन  अर्घाखाँचीका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता बसेको बैठकले सरकारी सेवा प्रवाहलाई चुस्त दुरुस्त र थप प्रभावकारी बनाउन आधिकारिक ट्रेड युनियनले पहल गर्ने र अति आबस्यक काम मा बाहेक कार्यालय समयमा ट्रेड युनियनको काम नगर्ने समेतका विभिन्न निर्णय गरेको छ ।

अन्य समाचारहरु