राष्ट्रपति रनिशिल्डको उपाधि भगवती मावी कुर शंखेटारी सन्धिखर्कलाई (भिडियो, तस्बिर सहित)

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची बैशाख २९ ।  आठौं राष्ट्रपति रनिङशिल्डको उपाधि श्री भगवती मावी कुर शंखेटारी सन्धिखर्कले हात पारेको छ ।
राष्ट्रपति रनिङशिल्डको उपाधि विजेता भगवति माविका विद्यार्थी, शिक्षक र अतिथि ।  तस्बिर अर्जुन भुसाल
एथलेटिक्स तर्फका धेरै खेलमा विजयी हुँदै भगवतिले ९७ अंक प्राप्त ग-यो । ६८ अंक ल्याउँदै अर्घाखाँची आवसिय मावि बेलबाटिका द्वितिय र सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ तृतिय भएको छ । यस अघिको उपाधि गौरीशंकर बोर्डिङले आफ्नो पाल्टामा पारेको थियो । छात्र भलिवलमा ज्योति मावि ठाडा प्रथम भयो । सिद्धार्थ मावि हंसपुरलाई ३-० को साझो सेटमा पारजित गर्दै ठाडाले विजयी हासिल गरेको हो ।  सरस्वति मावि पणेना र जनप्रिय मावि असुरकोट तृतिय भए । छात्रा भलिवलमा सिद्धार्थ मावि हंसपुरलाई २-० को सोझो सेटमै हराउँदै गौरीशंकर बोर्डिङ प्रथम भयो । जनकल्याण मावि भगवति र जनज्योति मावि चुत्रावेशी तृतिय भए ।  छात्र- छात्राका दुबै भलिवलमा पराजित भएपछि सिद्धार्थ मावि हंसपुरको उपाधि जित्ने योजना बिफल बन्न पुग्यो ।  छात्र कपद्रीमा  हिमालय बोर्डिङ बल्कोट प्रथम, सन्धिखर्क ग्रिन बोर्डिङ द्वितिय,  अर्घाखाँची आवसिय मावि र आदर्श मावि खनदह तृतिय भए ।
बाजागाजा सहित बजार परिक्रमा गरेर  खुसीयाली मनाउँदै  ।  तस्बिर अर्जुन भुसाल
यस्तै छात्रा कपद्रीमा भगवति मावि शंखेटारी प्रथम, सरस्वति मावि  अर्घातोष द्वितिय , महेन्द्र विद्याबोध मावि बल्कोट र वैद्यनाथ मावि हंसपुर तृतिय भएका छन् । प्रतियोगितामा  विभिन्न विधामा उत्कृष्ट खेलाडी समेत छनोट गरियो । छात्रा एथलेटिक्समा  भगवति माविकी मनिसा रायमाझी, छात्रतर्फ युवा वर्ष जनता रविचित्र माविका  सागर पौडेल, भलिवलमा ज्योति माविका शेरबहादुर परियार, शौरीशंकरकी सुसिला जिसी उत्कृष्ट भएका छन् । कपद्रीमा हिमालय बोर्डिङका सज्जीव सारु, सरस्वति माता मावि अर्घातोषका रिमा खनाल,  अनुशासनतर्फ  सन्धिखर्क ग्रिन बोर्डिङका रमेश सारु र जनज्योति माविकी अम्बिका नेपाली उत्कृष्ट भएका जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव जनार्दन गैरेले बताए ।
प्रतियोगितामा उपाधि जित्ने विद्यालयलाई शिल्ड, ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरियो ।  एक कार्यक्रमका बीच खेलाडी र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।  द्वितिय र तृतिय हुने विद्यालयलाई  ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरियो । प्रत्येक खेलमा प्रथम द्वितिय र तृतिय हुने विद्यार्थीलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ । स्थानीय विकास अधिकारी प्रदिप पौडेल, सवुज गणका गणपति लक्ष्मीभक्त श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री, प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले संयुक्त रुपमा सबै खेलाडी र विद्यालयलाई पुरस्कृत गरे ।
राष्ट्रपति रनिङशिल्डमा पहिलो पटक उपाधि जितेपछि भगवति माविका शिक्षक र विद्यार्थीहरुले सन्धिखर्कमा बाजाघाजा सहित खुसीयाली मनाए ।  उनीहरु बजारका विभिन्न भाग परिक्रमा गरि विद्यालयमा गएर नाचगान समेत गरेका थिए । विद्यालयका प्राचार्य श्याम भुसालले  लामो समय सम्मको शिक्षक र विद्यार्थीहरको मेहनतले सार्थकता पाएको बताए ।  ‘लगातार तिन पटक सम्म  उपाधि जितेर शिल्ड कब्जा गर्ने  योजनाका साथ अघि बढ्ने सोँचमा छौं’ उनले भने  ।