सन्धिखर्कमा लेखा परिक्षक तथा सहकारीकर्मीहरुको लागि अन्तरक्रिया गोष्ठी सम्पन्न

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा राज्यको आर्थिक बृद्धिदर उकास्न सहकारीको अग्रणी  भुमिका रहेको सहकारी कर्मीहरुले दाबी गरेका छन् ।
डिभिजन सहकारी कार्यालय कपिलवस्तुको आयोजनामा सन्धिखर्कमा सम्पन्न गरिएको लेखा परिक्षक तथा सहकारीकर्मीहरुको लागि एक दिने अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले सहकारीले ग्रामिण क्षेत्रको उत्पादन शहरमा  र शहरको पैसा गाउँमा पु-याएको बताउँदै देशको विकासमा अमुल्य योगदान पु-याएको जिकिर गरेका हुन् ।
डिभिजन सहकारी कार्यालय कपिलवस्तुका प्रमुख रिसिराम पौडेलको अध्यक्षता,अर्घाखाँची जिल्ला बचत तथा रिण सहकारी संघका सदस्य एवम त्रिवेणी सहकारी संस्थाका सचिव तुल्सीराम खनालको स्वागत मन्तव्य र डिभिजन सहकारी कार्यालय कपिलवस्तुकी पार्वती ज्ञवालीको संचालनमा सम्पन्न भएको कार्यक्रममा आयोजकको तर्फबाट डिभिजन सहकारी प्रमुख पौडेलले सहकारी संघ संस्थामा सुसासन र अर्घाखाँची जिल्ला बचत तथा रिण सहकारी संघका जिल्ला अध्यक्ष प्रकाश भुसालले सहकारीको बर्तमान अवस्था,चुनौति र अबसर बिषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै सहकारीले देशमा ६३ अर्बको शेयर संकलन,२०२ अर्बको निक्षेप परिचालन र १८८ अर्बको हाराहारीमा लगानी गर्दै ५६ हजार मानिसलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको जानकारी दिनुभएको थियो ।
अर्घाखाँची जिल्लामा संचालित बिभिन्न सहकारीका प्रतिनिधि, ग्रैह सरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागिको तर्फबाट दोर्ण प्रसाद भुसाल, जानका बन्जाडे, कमल प्रसाद पन्थी र तुल्सीराम खनालले सुझाव पेश गर्दै नामको मात्र सहकारी नभई परिणाम दिने सहकारी संस्था बनाउन सबैले मिलिजुली काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।