सन्धिखर्कमा मासु पसललाई ब्यबस्थित बनाउने अभियान सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । स्वस्थ समाजको निम्ती मानिसको स्वस्थ ब्यबहार प्रमुख पक्ष भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
बद्यसाला देखी भान्सा सम्म स्वच्छ र स्वस्थ मासु भन्ने नारालाई अगिंकार गर्दै मासु पसललाई ब्यबस्थित बनाउने अभियानमा जुटेका सरोकारवालाहरुको निम्ती जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीले  सन्धिखर्कमा आयोजना गरेको अभिमुखिकरण गोष्ठीमा बोल्ने बक्ताहरुले यस्तो भनाइ ब्यक्त गरेका हुन् ।
अर्घाखाँची मासु ब्याबसायी संघ,उद्योग बाणिज्य संघ र सन्धिखर्क बजार सुधार समितिका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा मन्तव्य राख्दै जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका प्रमुख डा।लोकनाथ पौडेलले राम्रो कामको निम्ती अरुलाई पर्खेर भन्दापनि आफुबाट कामको सुरुवात गरेर ब्यबहारमा परिवर्तन गर्न सकिने भन्दै अर्घाखाँचीका केही मासु ब्यासायीहरुले मापदण्ड पुरा गरेर ब्याबसाय संचालन गरेपनि अधिकाशं पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको बताउनुभएको छ । मासु ब्याबसाय सम्बन्धि बिबिध समस्या र समाधानको बिषयमा ब्यापक छलफल समेत गरिएको भेलाले पटक-पटक अनुगमन गर्दा मापदण्ड बिपरित संचालन भएका मासु पसलहरुलाई सुधार गर्न सुझाव दिदापनि अटेराई गरेको निष्कर्ष निकाल्दै लिखित पत्र पठाएर दुइ हप्ता भित्रमा पसल सुधार गर्न आग्रह गर्ने र त्यसपछि अनुगमनमा  जाँदा पनि सुधार नगरेमा पसल सिलबन्दी गर्ने निर्णय गरेको छ ।
जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका बिष्णु प्रसाद पौडेलको अध्यक्षता, राधा पाण्डेको स्वागत मन्तव्य र गरु प्रसाद भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका प्रतिनिधि गोविन्द बि।सी।,सन्धिखर्क बजार सुधार समितिका बरिष्ठ उपाध्यक्ष यमराज पाण्डे मासु ब्याबसायी संघको तर्फबाट पुरन नेपाली,हुम बहादुर बन्जाडे,रामु के।सी।,कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।