अर्घाखाँचीमा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको नेपाल बन्दको आंशिक प्रभाव, जिल्ला नेताहरु अर्ध भुमिगत

Photo8
सन्धिखर्क ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको नेपाल बन्दको अर्घाखाँची जिल्लामा आंशिक प्रभाव देखिएको छ ।
जिल्लामा सन्धिखर्क देखि बाहिर जाने र आउने सम्पूर्ण यातायात चलेका छैनन ।  व्यापार, उद्योग, कलकारखाना ठप्प छन् । गाउँ तिर बजारहरु खुलेका छन् । 
उता  सरकारले व्यापक रुपमा प्रहरी परिचालन गरेपछि प्रकाउ हुने डरले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु अर्ध भुमिगत रहेको बताईएको छ ।  

अन्य समाचारहरु