छत्रदेब गाउपालिकाको अर्घातोषमा एमाले अर्घाखाँचीको चुनावी कार्यक्रम सम्पन्न

दिपेन्द्र श्रेष्ठ  
अर्घातोष, अर्घाखाँची । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचन हुने जिल्ला अन्तर्गत  अर्घाखाँचीमा पनि ने क पा एमाले ले सबै ग्रामिण भेगका गाउपालिकाहरुमा निर्वाचन केन्द्रित प्रचार प्रचार तथा संगठन विस्तारका कार्यहरुलाई तिब्रता दिन थालेको छ  । 
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने क पा एमाले अर्घाखाँचीले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको देखिन्छ शनिबार नेकपा एमाले अर्घाखाँची छत्रदेब गाउपालिका वार्ड नं८ साबिकको अर्घातोष गाबिस वार्ड नं  ३ चिदीपानी बस्तीमा टोल भेला तथा टोल कमिटि गठन गरेको छ  । 
पुर्ब अंचल कमिटि लक्ष्मण रायमाझीको प्रमुख आतिथ्यता तथा छत्रदेब गाउपालिका संयोजक भविश्वर पाण्डेको विशिष्ट आथिथ्यता ,छ्त्रदेब गाउपालिका एमाले अध्यक्षका उम्मेदवार ऋषि अधिकारि ,छ्त्रदेब गाउपालिका वार्ड नं ८  का वार्ड अध्यक्ष उम्मेदवार नेत्रलाल पाण्डे ,८नं वार्ड संयोजक कृष्ण फुल्लेल लगाएतका विशिष्ट ब्याक्तिहरुको आतिथ्यता रहेको टोल भेला कार्यक्रममा छबिलाल बस्यालको अध्यक्षतामा१३ सदस्यीय टोल कमिटि गठन भएको छ  । 
टोलभेलाकै कार्यक्रममा१०० जना भन्दा बढी स्थानीयहरू बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन पार्टी प्रवेश गरेका स्थानीय कार्यकताहरुलाई ऋषि अधिकारीले टिका लगाई अभिन्नदन गरिएको थियो |भेलामा बोल्दै छ्त्रदेब गाउपालिकाको अध्यक्षमा उठेका उम्मेदवार अधिकारीले सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह समेत गर्नुभएको थियो ।