शितगंगा नगरपालिकाको सितापुर र ठाडामा सूचनाको अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न

घनश्याम पौडेल हिन्दूखबर 
ठाडा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर दुई सितापुर र वडा नम्बर ३ ठाडामा सूचनाको अधिकार सम्बन्धि अनुभव आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
सितापुर र ठाडामा सम्पन्न कार्यक्रम पछि सितगंगा बासिले भने सूचना पत्रकार र वकिलले मात्र होईन, सर्बसाधारण जनताले पनि माग्न पाउने रहेछ । अब गाउँटोलमा आएको बजेटमा नडराई सूचना माग्न पछि नपर्ने बताए ।
सार्बजनिक निकायमा रहेको सूचना माग्ने र पाउने अधिकार आम नागरिकले सजिलै माग्न पाउने सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले जानकारी गराएपछि कार्यक्रममा सहभागी नागरीकहरूले यस्तो बताएका हुन ।
सितगंगा नगरपालिका तीन ठाडामा सम्पन्न कार्यक्रममा सिआईजि अर्घाखाँचीका अध्यक्ष भुसालले सिआईजिको परिचय, यसको महत्व र विभिन्न स्थानहरुमा यसले गरेका गतिविधिहरुका बारेमा पशिक्षण दिदै विभिन्न निकायमा सुचना माग्नु र मागेका सुचना पाउनु साधारण जनताको मैलिक अधिकार भएको हुदा ढुक्क सँग सुचना माग्ने कार्यमा लाग्न आग्रह गरे ।
सूचनाको हक आमनागरिकले माग्न पाउने अधिकार हो, कसैले सूचना नदिए सिआईजि अर्घाखाँचीलाई जानकारी गराउनुहोस, हामी निशुल्क तपाईंको सूचना मागेर दिन्छौ अध्यक्ष भुसालले भने ।
कार्यक्रममा सितगंगा नगरपालिकाका कार्यकारी अधिकृत सुन्दर श्रेष्ठले सवै सितगंगा नगरबासी मिलेर नगरलाई सुन्दर बनाउनुपर्ने बताए । श्रेष्ठले स्थानिय तह बनिरहदाँ धेरै सेवाहरू वडा र नगरपालिकाबाट काम हुने भएकोले जनतालाई धेरै फाईदा हुने बताए । सितगंगा नगरपालिकामा सवै कामहरू पारदर्शी हुने भएकोले केही नबुझेको कुरा मौखिक तथा सूचनाबाट माग्न नगरबासिलाई आग्रह गरे ।
स्थानिय रामकृष्ण श्रेष्ठले सितगंगा नगरपालिकामा विद्युत धेरै जसो गईरहेकोले नगरबासिलाई अत्यन्तै कष्टकर जीवन बिताईरहेकाले अब के कारणले विद्युत गएको छ, सूचना माग्न पछि नपर्ने बताए ।
कार्यक्रममा वडा सचिव हिमबहादुर भाटले सो कार्यक्रम आयोजना गर्नका लागि वडा सचिवले पटकपटक आग्रह गरेर कार्यक्रम गरिएको अध्यक्ष भुसालले बताए । कार्यक्रममा सरस्वती बेल्वासे, सितगंगा दुई सितापुरका सचिव रामप्रसाद पौडेल लगाएतले मन्तव्य राखेका थिए ।