सन्धिखर्कमा सहिद टंक भुसालको ३६औं स्मृति दिवस मनाईयो (फोटो सहित)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची। नेपालकै पहिलो शिक्षक सहिद स्वर्गिय टंक भुसालको ३६औं स्मृति दिवस आज सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । 
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै अखिल नेपाल शिक्षक संघका  केन्द्रिय बरीष्ठ उपाध्यक्ष हरीप्रसाद भुसालले देश र जनताको  मुक्तीको लागी सहिदहरुले बलीदानी गरेको भन्दै आर्थीक सम्बृद्धि मार्फत सहिदहरुको सम्मान  गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
गरीबी र  बेरोजगारी बाट राष्ट्रलाई मुक्त गराए मात्रै  सहिदहरु प्रति सच्चा सम्मान हुने भन्दै शिक्षक नेता भुसालले सहिद टंक भुसालले देखाएको बाटोमा अगाडी बढ्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।
२०११ साल पौष १ गते बुबा जिबलाल भुसाल र आमा केशबति भुसालको कोखबाट साबिक अर्घा गाबिस वडा नं २ को अर्घामा जन्मनु भएका भुसाल पेसाले शिक्षण कार्यमा संलग्न हुनुहुन्थ्यो । लगनशिल,कर्मठ,मिलनसार,समाजसेबि ,बुद्धीजिबी र साहसी ब्यक्तिको रुपमा परीचित स्वर्गीय भुसाललाई पञ्चायति ब्यबस्थाको बहिष्कारको आरोप लगाउदै अर्घारजस्थल माबि अर्घाबाट कक्षा कोठामा पढाउदै गरेको अबस्थामा प्रहरीले आफ्नो कब्जामा लिई हिरासतमा राखी २०३९साल जेष्ठ २ गते २८ बर्षको कलिलो उमेरमा निर्मम तरीकाले कुटी कुटी हत्या गरेको थियो । हामीले तलाँई छोड्दिन्छौ तंैले माफ माग्नुपर्छ भनेर प्रहरीले भन्दा उहाँले प्रतिकृयाबादीहरु संग माफ माग्ने मेरो बर्ग चरीत्र होईन भन्दै हाँसी हाँसी देश र जनताको लागी बलिदानी दिनु भएको थियो ।
स्मृति कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापा, टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाल,नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, नेपाल शिक्षक संघका प्रतिनिधी चेतनारायण बेल्बासे, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिब धुब्र बहादुर केसी,एकिकृत अखिल नेपाल शिक्षक संगका जिल्ला अध्यक्ष मानबहादुर पाण्डे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शोभाखर पन्थी,नेपाल पत्रकार महसंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, स्रोतब्यक्ति युबराज भुसाल, पूर्णबहादुर थापा लगायतले मनतब्य राख्दै सहिद टंक भुसाल प्रति भाबपूर्ण श्रद्धान्जली   अर्पण गर्नु भएको थियो । यस अघि कार्यक्रममा उपस्थीत सबै ब्यक्तिहरुले सन्धिखर्कको शान्तिबगैचामा रहेका स्वर्गीय भुसालको शालीकमा अबिर तथा माल्यार्पण समेत गर्नु भएको थियो ।
कार्यक्रम अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शालीकराम भुसालको अध्यक्षता शिक्षक कृष्णप्रसाद बन्जाडेको स्वागत मनतब्य र सचिब दलबहादुर केसीको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।