सन्धिखर्क नगरपालिका, छत्रदेब र मालारानी गाउँपालिकाका बिभिन्न ठाउँका पसलहरूकाे अनुगमन

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत बिभिन्न ठाउँमा पसलहरूकाे अनुगमन भएकाे छ । 
 
 जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा संयुक्त जिल्ला अनुगमन समितिबाट सन्धिखर्कका नगरपालिका, छत्रदेब गाउँपालिका मालारानी गाउँपालिकाका वाङ्ला मथुराबेसी, बल्काेट, केरूगां,  छत्रगन्ज, अर्घाताेस, देउराली चाैरि डाडाँकटेरी खनदह लुटिपाेखरी लगायतका ७० भन्दा बढि पसलहरूकाे अनुगमन भएकाे हो ।
  ग्रामीण क्षेत्रमा सरकारकाे प्रत्याभुति दिदै उपभोक्ताकाे स्वास्थ्य सुधार गर्न  ६० लिटर भन्दा बढि लाेकल रक्सि नष्ट गर्नुका साथै  ९ डिजिटल तराजु र ६ परम्परागत तराजु गैर कानुनी भेटिएकाेले जपत गरिएकाे छ  । 
उक्त अनुगमन बाट व्यापक मात्रामा म्याद नागेका सामान लेवल नभएका सामान तथा अखाद्य बस्तुहरू  अनुगमन टाेलिले नष्ट गरेकाे छ ।  मूलत उपभोक्ताकाे अधिकार संरक्षणकाे लागि बिभिन्न खाद्य स्टाेर हाेटल तथा रेस्टुरेन्ट साना उधाेगहरू  मदिरा पसल अाैषधि पसल लगायतमा कानुनी प्रावधानकाे बारेमा सचेतनाकाे समेत प्रदान गरिएकाे छ । जसमा मुलत अधिकांस पसल दर्ता  नविकरण गर्न मुल्य सुचि राख्न म्याद नाघेका सामान नष्ट गर्न लेबलकाे प्रयाेग गर्न हाेटलमा  सरसफाइ गर्न सुझाव तथा निर्देशन दिईएकाे थियाे।
जिल्ला अनुगमन टाेलिमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीकाे संयाेजकत्वमा प्रशासन कै  जिवनारायण अाचार्य र केशब खनाल जिल्ला प्रहरी कार्यालयका असई राजु खत्री, काेष तथा लेखा नियन्त्रण कार्यालयका अाेम प्रसाद श्रेष्ठ उधाेग बाणिज्य संघका दिनेश मरासिनि समेत खटिएकाे छ। 
अधिकांस ग्रामिण  उपभाेक्तालेहक अधिकार सम्बन्धि जनचेतना  बिकास कम भएकाेले अाफ्नाे हकबाट बन्चित हुनु परेकाे महशुस जिल्ला प्रशासनले गरेपछि ग्रामीण अनुगमनलाई तिब्रता दिईएकाे हाे ।