सन्धिखर्कमा खानेपानीको हाहाकार

 प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 
खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण  एक महिना देखि सन्धिखर्कमा खानेपानीको समस्या परेको हो । 
बागीखोला ।
सन्धिखर्कमा १५ सय भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन् । यहाँ नियमित उपभोक्ताबाट महिनामा  २० लाख भन्दा बढी महसुल उठाउने गरिन्छ । 
यसभन्दा अगाडी पनि खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पटक पटक खानेपानी उपलब्ध हुनसकेको थिएन । 
धारामा पानी आउन छाडेपछि सन्धिखर्कका स्थानीय व्यापारी, होटल व्यवसायी, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलगायत सबै मारमा परेका छन्। बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । सन्धिखर्कमा होटल व्यवसाय गर्दै आएका कयौ व्यवसायी दैनिक खोलामा हिँडेर पानी बोकेर होटल सञ्चालन गर्न बाध्य भएका छन् । सरोकारवालाको बेवास्ताका कारण झनै लथालिङ्ग हुन गएको छ ।

धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन ।


उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, ठुला धनी व्यक्तीका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।
उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन, सबैलाई समान रुपमा वितरण भएको छैन ।
बागीखोला ।
खानेपानी कार्यालय अर्घाखाँचीले अहिले सम्म बागीखोलाको पानी समेत व्यवस्थित गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्कमा दिन प्रतिदिन जनसंख्या बढदो छ । तर खानेपानी वितरण सोही अनुसार भएको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले प्रायः वर्षाको समयमा पहिराका कारण मुहान तथा ठाउँ ठाउँमा पाइपसमेत क्षतविक्षत भएर बिग्रिने र हिउँदमा खडेरीका कारण पानीको अभाव हुने गरेको बताउदै आएको छ ।