सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित अर्घाखाँची जिल्ला अदालतमा बिद्यार्थीहरूका लागि न्यायिक सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा सम्पन्न न्यायिक सचेतना अभियान कार्यक्रममा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले सन्धिखर्क नगरपालिका – १ को श्री युवाबर्ष रविचित्र जनता उच्च माबि हटारिनेटामा बिद्यार्थीसंग अन्तरक्रिया गरेका थिए ।
बास्तोलाले जिल्ला अदालतमा हुने काम कार्बाहिकाबारे उपस्थित कक्षा ९ ,१० का विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।