सन्धिखर्कमा रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा  रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु भएको छ । 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा शुक्रबारबाट शुरु भएको निशुल्क पत्रकारिता तालिमकाे उदघाटन जिल्ला न्याधीश केशवप्रसाद बास्ताेलाले गरेका थिए । उनले सञ्चारमाध्यम निकै महत्त्वपूर्ण भएकाेले राम्रोसँग तालिम लिन सवैलाई अाग्रह गरेका थिए । यस्तै बास्तोलाले दोस्रो चरणको जेठ ३१ गते हुने स्थानीय तहकाे निर्वाचनमा भाेलिदेखि गाउँ तथा नगरपालिकाका निर्वाचन कार्यालय सञ्चालनमा अाउने बताए । 
साथै प्रमुख जिल्ला अधिकारी डिल्लीराज प्राेखरेलले संचारमाधय्मले खेलेको भूमिकाबारेमा आफ्नो बिचार  राखेका थिए । पाँच दिने तालिमकाे उदघाटन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, उपाध्यक्ष गणेश खनाल र सचिव सुर्यभुसाल लगायतले मन्तव्य राखेको थियो । 
तालिममा १०० जना  सहभागीता रहेकाे छ ।