गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
विभिन्न पेशा,ब्याबसायको शिलशिलामा सन्धिखर्कमा बसोबास गर्ने राष्ट्रिय जनमोर्चाका समर्थकहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले राष्ट्रिय जनमोर्चाको तर्फबाट भुमिकास्थान नगरपालिकामा उठेका उम्मेदवारहरुलाई जिताउनको निम्ति व्यापक रूपमा प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ ।
जिबनारायण खनालको अध्यक्षता र तुल्सी राम खनालको सन्चालनमा सम्पन्न भएको भेलामा भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल र अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले मन्तव्य राख्दै देश बेचेर चुनाब जित्नेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने बताउनुभयो । उहाँहरुले कुनैपनि ढाटछल नगरी जनताको दु:ख, सुखसंग खेल्न सक्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि जिताउन आग्रह गर्नुभएको छ ।
सयौं कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले गोबिन्द बन्जाडेको सम्योजकत्वमा दुई सय पाँच सदस्य राष्ट्रिय जनमोर्चा भुमिकास्थान – सन्धिखर्क सम्पर्क समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।