राष्ट्रिय जनमोर्चा निकट युवक संघ अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पोखेडाडामा चुनावी भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई
पोखेडाडा, अर्घाखाँची । स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ठाकुर पन्थीको अध्यक्षता, राजु बि.क.को स्वागत मन्तव्य र कुलराज खनालको सन्चालनमा सम्पन्न भएको भेलालाई अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापा, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेक बहादुर थापा, भुमिकास्थान नगरका मेयर पदका उम्मेदवार कबिराम खनाल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जीव नारायण खनाल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिका सचीव बम बहादुर बि.क.ले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियोे ।
त्यस नगरका धनचौर देखि ढाकावाङ्ग सम्मका सयौं युवाहरूको सहभागीतामा सम्पन्न भएको भेलाले ठाकुर पन्थीको सम्योजकत्वमा २१ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान नगर समितिको गठन गरेको छ ।