सन्धिखर्कको डिभर्नामा कांग्रेस माओबादी परित्याग गरि एमालेमा प्रवेश

बसन्त श्रेष्ठ छापेली
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका १२ डिभर्नामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । 
नेकपा एमाले १२ नम्बर वडा कमिटि डिभर्नाले आयोजना गरेको युवा भेला कार्यक्रममा नेकपा माआबादी केन्द्र र नेपालीकांग्रेसबाट पदम श्रेष्ठ, बिष्णुु प्रसाद श्रेष्ठ, गिरबहाददुर थापा र कृष्ण कुुवँर नेकपा एमालेमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा एमाले मेयरका प्रत्यासी कृष्णप्रसाद श्रेष्ठले पार्टी प्रवेश गराउनुु भएको थियो । 
कार्यक्रममलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा सन्धिखर्क नगरपालिका मेयरका उमेदद्वार कृष्ण प्रसाद श्रेष्ठले आफ्नो उमेद्वारी सँगै यतिवेला जिल्लामा कांग्रेस माओबादीबाट उमेद्वार बन्न डराइरहेको बताउनुुभएको छ । श्रेष्ठले जिल्लामा नेकपा एमालेको तीन नगरपालिका र तीन गाउपालिकामा बलियो उमेद्वार बनेपछि अहिलोबाटै अन्य दलको मानसिकता कमजोर बनिसकेको दाबी गर्नुुभयो । उहाँले सन्धिखर्क नगरपालिकालाई मुलुककै नमुना नगरपालिका बनाइने गरी योजना निर्माण भैरहेको जानकारी समेत गराउनुुभयो ।
 नगरक्षेत्रमा भएका युुवाहरुलाई बिभिन्न श्रृजनशील र आत्मनिर्भर बन्ने खालका कार्यक्रम तय गरी एक घर एक निशुल्क स्वास्थ्य बिमा लागुु गर्ने प्रतिबद्धता जनाउनुुभयो । उहाँले अब देखि बृद्ध भक्ता ५ हजार पुुयाउने गरी पार्टी राष्टिय घोषणा पत्र तयार गरी सकेको भन्दै सन्धिखर्क नगरपालिकामा रहेको एकल महिला, अपाङ्ग, बृद्धबृद्धाको मासिक भक्तामा ५ सय रुपैया थपेर दिने प्रतिबद्धता जनाउनुुभयो । कृष्ण श्रेष्ठ सन्धिखर्क नगरपालिकामा बलियो उमेद्वार मानिनुहुन्छ । उहाँ उद्योग बाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्य पनि हुनुुहुुन्छ । 
कार्यक्रममा उपमेयर पदका उमेद्वार इश्वरा पोख्रेलले सबैलाई एमालेको बिराशतलाई कायम राख्न आग्रह गर्नुभयो । पोख्रेलले मुलुुकको पहिलो शक्ति एमाले बन्ने तयारीमा रहेको भन्दै एमालेको राष्ट्रियता प्रतिको आस्थाको चौतर्फी प्रसंसा भएको बताउनुुभयो । 
नेकपा एमालेले सन्धिखर्क नगरपालिका १२ डिभर्नामा निवर्तमान गाविस अध्यक्ष समेत रहेका चर्चिच नेता नारायण प्रसाद श्रेष्ठलाई वडा अध्यक्ष बनाउने भएको छ । जसमा महिला सदस्यमा पार्बता श्रेष्ठ, दलित महिला सदस्यमा माया नेपाली र खुुल्ला सदस्यमा मधुुकुुमार श्रेष्ठ  नारायण बस्याललाई उमेद्वार बनाएको छ । नारायण श्रेष्ठ पञ्चायती शासन कालमा युुवा वस्था देखि प्रधान पञ्च समेत जितेका व्यक्ति हुनुुहुन्छ । उहाँको प्रभाव समग्र डिभर्ना गाविसमै राम्रो रहेको सबै दलले स्वीकार्ने गरेका छने । 
स्थानीय तहको दोस्रो चरणको मिति नजिकिएसँगै सबैजसो राजनीतिक दलहरु यतिवेला चुुनावी प्रचार प्रसारमा लागेका छन्  । जिल्लाको सबै भन्दा पहिलो र विकासको दृष्टिकोणमा समेत अगाडि रहेको सन्धिखर्क नगरपालिकामा यतिबेला एमालेले चुुनावी प्रचार प्रसार र भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्रदा दिएको हो ।