कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेको भन्दै चारजना नेताद्वारा राजीनामा

मालारानी गाउँपालिकाको खनदहमा  नेपाली कांग्रेसको चुनावी कार्यक्रममा । 

 घनश्याम पौडेल हिन्दू 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेपछी नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव भोजवहादुर बस्नेतले राजिनामा दिएका छन । वस्नेतले सन्धिखर्क नगरपालीकामा उम्मेदवार नपाएपछी पहुचँका आधारमा टिकट पार्टीले वितरण गरेपछी राजिनामा दिएका हुन ।
त्यस्तै पाणिनी गाउँपालिका पनि नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालको भाई अच्यूत गौतमलाई टिकट वितरण गरेपछी उम्मेदवारका आकांक्षी तथा नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य रामप्रसाद घिमिरे, पुर्व क्षेत्रिय सभापती रमेश खनाल र मणिराम पौडेलले संयुक्त राजिनामा दिएका हुन ।
जिल्ला सदस्य रामप्रसाद घिमिरेले भन्नुभयो पहुचँका आधारमा टिकट वितरण गरेको भन्दै पार्टीले सहि मुल्याङकन नगरी टिकट वितरण गरेको भन्दै राजीनामा दिनुभएको हो ।
पछिल्लो समयमा पाणिनी गाउँपालिकामा निकै चर्चित  उम्मेदवारका आकाक्षी इन्द्रमणि पौडेलले भन्नुभयो, हामी उम्मेदवारका आकाक्षीहरुलाई नसोधी रातारात निर्णय गरी विहान एकलौटी पेलेर उम्मेदवार चयन गरेको  आरोप लगाउनुभयो ।
उम्मेदवारी चयन गरेपछी केन्द्रिय नेताहरु जिल्लामा छैनन । यसरी पाँच/पाचँ जना उम्मेदवारका आकाक्षीलाई पाखा लगाएर उम्मेदवार टुंगो लगाएपछी पाणिनी गाउँपालिका जित्ने सम्भावना कमै छ ।