बहुप्रतिक्षित एपिएलको तयारी अन्तिम चरणमा, सन्धिखर्कमा शुक्रबार २ बजे उद्घाटन हुने

कमल बिष्ट 
सन्धिखर्क, अर्घाखाँची । सर्वाधिक पुरस्कार राशिको बहुप्रतिक्षित अर्घाखाँची प्रीमियर लिग (एपिएल) को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
जिल्लामा लिग सिस्टममा पहिलो पटक खेलाउन लागिएको क्रीकेट प्रीमियर लिगको यहि शुक्रवार ( जेस्ठ १२ गते) दिउँसो ठिक २ बजे एक भब्य कार्यक्रमका बिच जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
लिग बिजेतालाई एक लाख र उप बिजेतालाई पचास हजार साथै ट्रफी मेडल र विभिन्न बिधामा पुरस्कारको ब्यवस्था रहेको प्रतियोगितामा बिक्रमकुमार भुसालको कप्तानिमा एड्भान्स अर्घा रियल स्टेट यम्स, त्रिभुज कार्किको कप्तानिमा सुपर सुपा एलाभेन, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र सन्जु भुसालको कप्तानिमा रोयल सन्धिखर्क गरि चार टिमले प्रतिस्पर्धा गर्नेछन सबै टिमका टिम ओर्नर समेत तय भैसकेको आयोजकले जनाएको छ ।
करीब एक हप्ता सम्म चल्ने प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थित रहने अपेक्षा गरेकाछौ भन्दै एपिएलका संयोजक तथा अर्घाखाँची क्रीकेट एकेडेमीका अध्यक्ष ऋषिकेश भट्टराइले ठूलो मेहनत र लगानिले खेल आयोजना गरेको बताउदै प्रतियोगितामा आउने खर्च जुटाउन हम्मे हम्मे परेको र सहयोग आउने कार्य जारी रहेकोले सबैमा सहयोगको लागि आव्हान गर्दै सम्पुर्ण रकम खेल बिकासमै लगाउने जानकारी गराउनुभएको छ ।