किमडाँडाको मुख्खेकाचौर, पकले, खापडाँडा, प्लसपामा एमालेका चुनावी सभा सम्पन्न

 अर्जुन भुसाल 
पकले, अर्घाखाँची जेठ  १०  । सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडाका विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर ८ का  मुख्खेकाचौर, पकले, खापडाँडा,  प्लसपाटा  लगायतका ठाउँमा  चुनावी सभाहरु सम्पन्न भएका हुन ।
 कार्यक्रमका  प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय स्कूल विभागका सदस्य  बुद्धि बहादुर रायमाझीले दास्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गर्नु भयो । उहाँले एमालेले जिल्लाको सन्धिखर्क नगरपालिका देखि अधिकांश ठाउँमा विजयी हासिल गर्ने बताउँदै  अब एमालेको जितलाई कसैले रोक्न सक्ने बताउनुभयो । 
सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले आसन्न  जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा आफूले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले एमालेको सरकार बनेपछि  वृद्धाभत्ता पाँच पुग्ने भन्दै सन्धिखर्क नगरपालिकाको तर्फबाट पाँच सय  भत्ता थप गरिदिने बताउनु भयो ।  उहाँले स्वास्थ्य उपचार नपाएर नगरवासीले पीडा खेप्नु नपर्ने बताउँदै स्वास्थ्य वीमा गरेर उपचारको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले हरेक प्रकारका विकास निर्माणका कामहरुलाई दु्रत गतिमा अघि बढाउने गरि योजना तयार गरिएको बताउनुभयो ।  
उपमेयरकी उम्मेद्वार  इश्वरा पोख्रेलले  एमालेले जति अझै सम्म कुनै पनि पार्टीले जनपक्षिय कामहरु नगरेको बताउनुभयो ।  उनले वृद्धा भत्ता, आफ्नो गाउँ  आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रमले एमालेले जनताको मन जित्न सफल भएको बताउनुभयो । 
कार्यक्रममा सन्धिखर्क विशेष नगर कमिटीका सचिव श्रीकृष्ण भुसाल, पूर्व गाविस अध्यक्ष भरतमणि पौडेल, जिल्ला कमिटी सदस्य तथा वडा नम्वर ८ का वडा सदस्यका उम्मेद्वार नारायण आर्याल, जिल्ला कमिटी सदस्य वीरबहादुर सुनार, वडा नम्वर ८ का वडा अध्यक्ष पदका उम्मेद्वार इश्वरी प्रसाद भुसाल, वडा सदस्यका उम्मेद्वारहरु देवी थापा भुसाल, कमल पराजुली, कमला सुनार लगायतले मन्तव्य राख्दै मतदाताहरुसँग मत मागेका थिए ।