सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमालेको तर्फबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र उप-मेयरकी उमेदवार इश्वरा पोखरेल लगायत नगरका उमेदवारले स्मार्ट सन्धिखर्क नगरको परिकल्पना शहितको स्थानीय प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको छ ।
जारी प्रतिबद्धता पत्रमा नगरको बिकासको लागि स्पस्ट खाका शहित SMART को पुर्ण परिभाषा सहित ब्याख्या गरिएको छ , सन्धिखर्कमा नेकपा एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटीले पत्रकार सम्मेलनको आयोजना गरि सो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
लामो समय अर्घाखाँची उद्योग बाणिज्य संघको अध्यक्ष, साथै उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य समेत रहि नेतृत्व गर्नुभएको श्रेष्ठले सुरुवातका तीस दिनमा गर्ने तीस कामको कार्ययोजना समेत सार्वजनिक गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न आफू सङ्गै सिङ्गो पार्टी लागि पर्ने बताउदै एमालेका उमेदवारलाई मत दिन आह्वान गर्नुभएको थियो ।