नयाँ एफ एम छैठौँ वर्षमा प्रवेश, पाँचौ वार्षिक उत्सव सन्धिखर्कमा सम्पन्न

विक्रम पाण्डे समान्ता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा रहेको नयाँ मिडिया प्रालीद्धारा संचालित नयाँ एफ एमले पाचौ बर्ष पार गरी छैठौँ बर्षमा प्रबेश गरेको छ । यसै अबसरमा रेडियाले शनिवार पाँचौ वार्षिक उत्सव मनाएको छ । 
नयाँ खबर र विचारको सम्मान  , नयाँ एफ एम अर्घाखाँचीको पहिचान भन्ने मूल मर्मको साथ वि.स २०६९ साल जेष्ठ १३ गते आप्ःनो प्रसारण सुरु गरेको एफ एम शनिवार छैठौँ बर्षमा प्रबेश गरेको हो ।
वार्षिकोत्सवको अबसरमा रेडियोले सञ्चाचलन गरेको प्रथम मिडियाकप फुटसल प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल खेलाडीहरुलाई पुरस्कार वितरण, स्रोता सम्मान, उत्कृष्ट पत्रकारीता पुरस्कार, उत्कृष्ट विज्ञापन दाताहरुलाई सम्मान गरेको छ । 
यसरी सम्मानीत हुनेहरुमा धुर्व रायमाझी उत्कृष्ट श्रोता , श्रेष्ठ टेलरीङ्ग सेन्टरका जीवन परीयार उत्कृष्ट विज्ञापन दाता , पत्रकार कमल विष्टलाई उत्कृष्ट पत्रकारीता पुरस्कार र स्थापना काल देखि निरन्तर सहयोग गर्दै आउनु भएका नयाँ एफ एमका प्राविधिक विसाल पाण्डेलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार प्रदान गरीएको छ ।  
दैनिक १८ घण्टा आप्ःनो प्रसारण गर्दै आएको रेडियोले सन्धिखर्कमा रहेको साथी होटलमा वार्षिक उत्सव मनाएको हो । 
 वार्षिक उत्सवको उद्घाटन  अर्घखाँची जिल्ला न्यायाधिस केशव प्रसाद बास्तोलाले केक काटेर गर्नु भयो । 
        उद्घाटन गर्दै बास्तोलाले रेडियो संचालनको क्रममा विभिन्न अबरोध रहेता पनि नयाँ एफ एमले नेपाली पत्रकारीता तथा जिल्लाको सञ्चार क्षेत्रमा पुर्रयाएको योगदान उत्कृष्ट रहेको बताउनु  भएको छ ।  । साथै उहाँले  पत्रकारले सधै तटष्ट , निश्पक्ष र स्वतन्त्र भएर कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी डिल्लिराज अधिकारीले एफएमले जनता सँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बढी स्थान दिनुपर्ने बताउनु भयो ।  
त्यस्तै स्थानीय विकास अधिकारी प्रदिप पौडेले  रेडियोलाई उत्कृष्ट बनाउनको लागी रेडियोका कर्मचारी वीच  सहकार्य र एकता हुनु पर्ने बताउनु भएको छ । कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यलयका प्रमुखहरु , जिल्लामा कृयाशिल पत्रकार ,  सञ्चारकर्मि ,विज्ञापन दाता तथा श्रोताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला न्यायधीश केशव प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता ,नयाँ एफ एमका स्टेसन म्यानेजर हरी प्रसाद भुसालको अध्यक्षता , प्राविधिक विशाल पाण्डेको स्वागत मन्तब्य तथा समाचार प्रमुख विक्रम पाण्डे समान्ताको सञ्चालनमा सम्पन्न भएको थियो । 
  
सन्धिखर्क नगरपालिका वार्ड नं. १  स्थित पटुवाथुममा रहेको नयाँ एफ एम अर्घाखाँचीमा एक सफल  ब्यवसायिक रेडियो हो ।