प्रेम खड्का
लदाम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कको लदाम बगैचामा दशौं गणतन्त्र दिबसको अबसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।
बृक्षा-रोपण कार्यक्रममा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल, सबुज गण म्यालपोखरीका गणपती लक्ष्मीभक्त श्रेष्ठ, स्थानीय बिकास अधिकारी प्रदिप पौडेल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, सन्धिखर्क नगरपालिकाका कार्यकारी प्रमुख जीवन ज्ञबाली लगायतको उपस्थिती रहेको थियो ।
अभियन्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको पहलमा शान्तिबगैचा र लदाम बगैचा आधुनिकीकरण गरिदैछ ।
लदाममा बृक्षारोपण तथा प्रबचन कार्यक्रम अगाडि शान्ती बगैचा सरसफाइ र प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।