माओबादी कार्यकर्ताद्धारा अर्घाखाँचीमा सञ्चारकर्मीमाथी कुटपिट

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची १५ जेठ ।   अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ८ हंसपुरमा नेकपा माओबादी केन्द्रका कार्यकर्ताले सञ्चारकर्मी माथी कुटपिट गरेका छन् । 
समाचार संकलन गरि सदरमुकाम सन्धिखर्क आउँदै गर्दा पत्रकार कृष्ण प्रसाद पाण्डे माथी माओबादी केन्द्रका कार्यकर्ताले मरणमसन्न हुनेगरी कुटपिट गरेका हुन । बिहान १० बजेको समयमा हंसपुर रतनमारे भन्ने स्थानमा नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरुको समुहले गरेको सामुहिक हातहात तथा कुटपिट गरी गम्भिर घाइते बनाएका हुन् । खस्यौली एफ, लुम्बिनी टेलिभिजन, बुलन्द साप्ताहिक, सूूर्योदय एफ र अर्घाखाँची टाइम्स लगायतका मिडियामा कार्यरत पाण्डेको अनुुहार र टाउकोमा चोट लागेको छ । 
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । माओबादी केन्द्रका कार्यकर्ताहरु धार्मिक अर्याल, निराजन अर्याल र याम थापा लगायतको समुहले पाण्डे माथि कुटपिट गरेको प्रतक्षदर्शीले जनाएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि प्रहरीले केही समयपछि छाडेर फरार रहेको जनाएको छ । मोटरसाइकलमा सन्धिखर्क आउँदै गर्दा बाटोमा माओबादी केन्द्रको स्टीकर लगाउन नमानेपछि एक्कासी कुटपिट गरेको श्रोतको भनाई । घट्नाको बिषयमा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुुभयो । उहाँका अनुसार हातपात गर्नेहरु फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 
सोही घट्नाको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ, प्रेश चौतारी, बुलन्द राष्ट्रिय साप्ताहिक र अर्घाखाँची टाइम्स लगायतका सञ्चार माध्यमले प्रेश बिज्ञप्ती निकालेर घोर भ्रत्सना गरेका छन् । समाचार संकलन गरेर फर्कदै गर्दा सञ्चारकर्मी माथी सामुहिक हातपात भएको भन्दै चौतर्फी बिरोध भएको छ । साथै घट्नामा संलग्नलाई केही समयमा छोडेर बेपत्ता पारिएको भन्दै यथाशिघ्र घट्नाको छानबीन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न बिज्ञप्तीमा माग गरिएको छ ।