अर्घाखाँचीका तीन नगरपालिकाले १ अर्ब २८ करोड ५९ लाख, तीन गाउँपालिकाले ९६ करोड ३२ लाख पाए, कहाँ कति (सूचीसहित)

Image result for अर्घाखाँची गाउँपालिका नगरपालिका
काठमाडौं (अर्घाखाँचीडट्कम) । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्घाखाँची जिल्लाका तीन वटा नगरपालिकाले १ अर्ब २८ करोड ५९ लाख ५१ हजार पाएका छन् । 
जिल्लाका तीन वटा नगरपालिका मध्ये सन्धिखर्क नगरपालिकाले ४० करोड ७ लाख ९४ हजार, भूमिकास्थान नगरपालिकाले ३६ करोड ९२ लाख २९ हजार र शितगंगा नगरपालिकाले ५१ करोड ५९ लाख २८ हजार पाएको छ ।  शितगंगा नगरपालिकाले अन्य दुई नगरपालिका भन्दा बढी पाएको हो । 
यस्तै जिल्लाका तीन वटा गाउँपालिकाले ९६ करोड ३२ लाख ९९ हजार पाएका छन् ।  जिल्लाका तीन गाउँपालिका मध्ये छत्रदेव गाउँपालिकाले २८ करोड ५८ लाख २८ हजार, पाणिनी गाउँपालिकाले ३३ करोड ९८ लाख ६० हजार र मालारानी गाउँपालिकाले ३३ करोड ७६ लाख १ हजार पाएको छ । पाणिनी गाउँपालिकाले अन्य दुई गाउँपालिका भन्दा बढी पाएको हो । 
अब गाउँपालिकालाई न्युनतम् १० करोडदेखि ३९ करोडसम्म बजेट दिइने भएको छ । गाउँपालिकालाई १ करोड २० लाखदेखि १७ करोडसम्म सशर्त अनुदान पनि दिइने भएको छ । त्यसैगरी नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म बजेट दिइने भएको छ । नगरपालिकाले ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाखसम्म सशर्त अनुदान दिइने भएको छ ।