अर्घाखाँचीमा युवाहरुको कांग्रेस प्रति आकर्षण, पार्टी प्रवेश गर्नेको लहर

सुर्य भुसाल 
काठमाडौं । अर्घाखाँचीबाट काठमाण्डौ आइ विभिन्न पेशा ब्यबसाय गर्दै विभिन्न पार्टीमा नेतृत्व गर्दै आएका नेता सहित ३० जना युवा नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन ।
    राजधानीको बानेश्वर स्थित होटेल रानिमहलको हलमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेशका महामन्त्री महामानब बिपि कोइरालाका सुपुत्र डा. शसाङ्क कोइरालाले अबिर मालाले नव प्रबेशीहरुलाई स्वागत गर्नु भएको थियो ।
     प्रबेश गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टिका नेता काशिराम पोखरेल को ने.क.पा.(बिप्लब) बाट धातानन्द पोखरेल, पर्मिला पोखरेल साथै नयाँ शक्ति नेपालका संपर्क सयन्त्रणका केन्द्रीय सदस्य अर्जुन पोखरेलको नेतृत्वमा सम्पर्क सम्यन्त्र अर्घाखाँचीका क्षेत्र नम्बर २ का संयोजक बिश्नु पौडेल, हरि बि.क.,सबिना बि.क. , लक्ष्मी पोखरेल लगायत साथै माओबादी केन्द्रबाट कमलमणी पोखरेल, घनश्याम पोखरेल, केशब पोखरेल, धुर्ब भुसाल, जानका भुसाल, सोनु बि.सि. , राजन पोखरेल रहेका छन भने नेकपा एमाले बाट केशब पोखरेल, लिलामणी पोखरेल, मदन पोखरेल, तिल ब. सारु, हुम बहादुर रोका, भोजराज पोखरेल, रबिन्द्र पोखरेल, नारायण पोखरेल, भोज बहादुर रावल लगायत प्रबेश गर्नु भएको थियो ।
         कार्यक्रममा नव प्रबेशीको तर्फबाट मन्तब्य राख्दै ने.क.पा. बाट प्रबेश गर्नु भएका काशिराम पोखरेलले कम्युनिस्टको क्रान्तिकारी शब्दले आफुलाइ आकर्षित गरेको तर काम क्रान्तिकारी हुने नगरेकोले काङ्ग्रेसबाटै अग्रगामी काम गर्न सकिने महसुस गरि काङ्रेसमा प्रबेश गरेको बताउनु भएको थियो ।
       त्यसैगरि नयाँ शक्ति नेपालबाट प्रबेश गर्नु भएका अर्जुन पोखरेलले प्रबेशीको तर्फबाट मन्तब्य राख्दै नयाँ शक्तिको आर्थिक सम्ब्रीद्दिको अभियानले आकर्षित गरेता पनि पार्टी भित्रको कृयाकलापले त्यो अभियान त्यो नारा मै सिमित हुने देखिए पछि अब आफू काङ्ग्रेस पार्टीमा प्रबेश गरि काङ्ग्रेसले लिएर आएको सम्बृद्दीको अभियानलाई पार्टी मार्फत पूरा गर्न सकिने बिस्वासका साथ पार्टिमा आबद्द भएको र नेपालमा मौलाइरहेको बामपन्थिको नाममा उग्रपन्थी बिचारधारालाई नेपाली काङ्रेसको श्रीजनशिल कार्यबाट परास्त गर्ने प्रतिबद्दता पनि ब्याक्त गर्नु भयो ।
     त्यसै गरि कार्यक्रममा ने.बि. संघका युवा नेता बिश्नु पोखरेलले मन्त्यब्य मार्फत नव प्रबेसीहरुलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथी डा. शसाङ्क कोइरालाले महामानब बि.पि. कोइराला पनि पहिला कम्युनिस्ट बिचारधारा राख्दा जेल बस्नु परेको तर कम्युनिस्टको आचरण ठिक नलागेर काङ्ग्रेस पार्टिको स्थापना भएको साथै बि.पि. ले आफ्ना कार्यकर्ताहरुलाई आफूलाई भन्दा बढी माया गर्ने गर्नु भएको तर अहिलेको  नेतृत्वबाट त्यो कमजोरी हुने गरेको बताउदै नेतृत्व सुधार हुन आबस्यक रहेको बताउनु भएको थियो ।
 
 अर्घाखाँची –  काठमाण्डौ सम्पर्क सदनको आयोजनामा माधब गौतमको सभापतित्व शोभाखर पोखरेलबाट स्वागत भाषण साथै यदुनाथ पोखरेलले सन्चालन गरेको उक्त ब् हत पार्टी प्रबेश कार्यक्रम भब्य र उत्साहजनक रुपमा सम्पन्न भएको र उक्त कार्यक्रमले नेपाली काङ्ग्रेसमा जनताको लहर बढ्दै गएको पुष्टि गरेको सहभागीहरुले बताउनु भएको थियो ।