तलब, भत्ता र अन्य सेवा सुविधा नलिने कांग्रेस भुमेकास्थान नगरपालिकाका मेयर उम्मेद्धारको घोषणा

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १६ जेठ । नेपाली कांग्रेसवाट अर्घाखाँचीको भुमेकास्थान नगरपालिकामा मेयरको उम्मेद्धार बनेका खडानन्द बेल्बासेले राजयकोषबाट प्राप्त हुने तलब भत्ता तथा अन्य सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । 
जनताको सेवा गर्ने उदेश्यले चुनावमा उठेको बताउदै मेयरमा जितेपछि मेयर वापत  प्राप्त हुने तलब भत्ता तथा अन्य सेवा सुविधा नलिने धनचौर र असुरकोटका कार्यक्रता माझ  घोषणा गर्नु भएको हो । 
उहाले जनताको सेवा गर्न मेयरमा उठेको , कर्मचारी भएर तलब खान नउठेको बताउदै मेयर जिते पछि प्राप्त हुने तलब  बृद्धबृद्धाको स्वास्थ्य, युवाहरुको लागि खेल मैदान, खेल सामाग्री, दलित जनजातीको लागि सिप मुलक तालिम, आमा समुह तथा अपांगहरुको लागि खर्च गर्ने बताउनु भयो  । 
पाँच बर्षको लागि आफु सेवा गर्न जादा जनताको करबाट उठाएको तलब खाएर सेवा नगर्ने र आफ्नो पाँच बर्षको लागि खर्च आफ्नो ब्यबसायबाट आम्दानी भएको पैसोले चलाउने निर्णय गरेको बताउनु भयो । 
भूमिकास्थन नगरपालिकामा   कांग्रेसबाट  उपमेयरमा सृजना थापा उठ्ने कांग्रेसले निर्णय गरेको छ ।  ।  एमालेबाट मेयरमा पुर्ब जिविस सभापति पीताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासे उठ्ने एमालेले निर्णय गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । भुसाल २०५४ सालमा धनचौर गाविस अध्यक्ष जितेर जिविस सभापति बनेका थिए ।  माओवादीबाट मेयरमा रेशम थापा र उपमेयरमा  छमकुमारी खनाल उठ्ने भएका छन ।  राष्ट्रिय जनमोर्चाबाट मेयरमा  कविराम खनाल र उपमेयरमा शकुन्तला थापा उम्मेद्धार बनेका छन ।