ढाकावाङमा स्वर्गिय कुलानन्द बन्जाडेकाे ११औं स्मृति दिवस मनाईयो

ढाकावाङ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  स्वर्गिय कुलानन्द बन्जाडेकाे ११  औं स्मृति दिवस आज अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । 
नेपाल कम्युनिस्ट पार्टी मसाल अर्घाखाँचीका स्थानिय नेता तथा विश्व उच्च माध्यमिक बिद्यालय ढाकावाङ्गका प्रधानाध्यापक समाजसेवी स्वर्गीय कुलानन्द बन्जाडेकाे १० अाै वर्ष पूरा भई ११ अाै बर्ष पुगेकाे अवसरमा  ढाकावाङ्ग पिपलनेटामा रहेकाे शालीकमा अबिर तथा माल्यार्पण अर्पण गरिएको थियो ।  
स्मृति कार्यक्रममा नेकपा मसालका प्रवक्ता बिमल शर्मा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा पुर्व केन्द्रीय सदस्य सागर केसी, उहाको धर्म पत्नि उमकला बन्जाडे, युवक संघका केन्द्रीय महासचिव बाबुराम पन्थि, अखिल नेपाल किसान संघका केन्द्रीय महासचिव कृष्ण केसी, बिश्व उच्च मा विका उहाँसगै अध्यापन गराउनुहुने शिक्षक जिवनारायण खनाल, भुमिकास्थान नगर पालिकाका मेयर पदका उमेदवार कविराम खनाल उपमेयर सकुन्तला राना मालारानी गाउँपालीका अध्यक्ष पदका उमेदवार नरेन्द्र बहादुर थापा बिश्व उच्च माविका प्रधानाध्यपक जुमलाल खनाल, अखिल छैठाैका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर राष्ट्रिय जनमाेर्चाका तुल्सि खनाल शिक्षक टेक बहादुर थापा लगायतको उपस्थित रहेको थियो ।