अर्घाखाँची प्रीमियर लिग ‘एपिएल’को उपाधी सुपर सुपा इलाभेनलाई

कमल बिस्ट
सन्धिखर्क,  अर्घाखाँची (जेष्ठ २०) । सन्धिखर्कमा जारी सर्वाधिक पुरस्कार रासिको क्रीकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिगको उपाधी सुपर सुपा इलाभेनले   हात पारेको छ । फाइनल प्रतिस्पर्धि एड्भान्स अर्घा लाई ७ विकेटले पराजित गर्दै लिग च्याम्पियन बनेको हो ।
सुपर सुपाले टस जितेर फिल्डिङ को निर्णय गर्दै बिक्रम भुसालको कप्तानिमा रहेको एड्भान्स अर्घालाइ ब्याटिङको निम्तो दिएको थियो ,सुपर सुपाले एड्भान्स अर्घालाइ निर्धारित २० ओभरमा १ बल बाकी छदै सबै बिकेट लिएर १२५ रनमा समेट्यो ।
त्यसै गरि १२६ रनको लक्ष्य पाएको तिर्भुज कार्किको कप्तानिमा रहेको सुपर सुपा इलाभेनले १६ ओभर १ बल मै मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।
सुपर सुपाको जितमा अबिजित ६८ रन प्रहार गरेका टिम कप्तान तृभुज कार्की म्यान अफ दि म्याच घोशित भए । लिग बिजेता सुपर सुपा इलाभेनले नगद रु१लाख र उपबिजेता एड्भान्स अर्घा उपबिजेता बन्दै नगद रु५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
एपिएलमा उत्कृष्ट खेलाडी बिक्रमकुमार भुसाल, अशोक उदयमान खेलाडी केशव गैरे, उत्कृष्ट बलर गोबिन्द केसि, उत्कृष्ट फिल्डर सुनिल भुसाल, क्लास प्लेयर, उत्कृष्ट ब्याटस्म्यान तृभुज कार्की  घोसित भए ।
बिजेता टिम र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी जिल्ला न्यायाधीश केशवप्राद बास्तोला र विशिष्ट अतिथी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्दिप्रसाद भुसालले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रम एपिएल सम्योजक ऋषिकेश भट्टराई को अध्यक्षता र कमल बिस्टको संचालनमा सम्पन्न भएको थियो ।