डिभर्ना सल्लिकोटमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विक्रम पाण्डे समान्ता
डिभर्ना , अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्ना सल्लिकोटमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
ज्ञान प्रकाश मावि स्रोत केन्द्रको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा साविक डिभर्ना गाविस तथा हाल सन्धिखर्क नगरपालिका ११ र १२ वडाका गरी आठ विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम स्रोत ब्यक्ति युवराज भूसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको बारे प्रकास पार्दै भुसालले विद्यार्थीहरुविच एक आपासमा सुमधुर सम्बन्ध कायम गरी विद्यार्थीहरुमा यस्ता प्रतियोगिता तर्फ आकर्षण गराउन कार्यक्रमको आयोजना गरीएको बताए ।
 प्रतियोगिताले बिद्यार्थीहरुमा हौसला एंव प्रेरणा मिलेको समेत बताउदै विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरे ।
प्रतियोगितामा ४० प्रश्न सोधिएको मध्ये ३४ प्रश्नको सहि जवाफ दिएर सनराईज ईङलिश बोर्डिङ हाई स्कूल प्रथम भएको छ  ।  
त्यस्तै २७ अंक प्राप्त गरी कन्या कुमारी आधारभूत विद्यालय द्धितीय हुन सफल भयो । यसैगरी २२ अंक प्राप्त गरी न्यू नेपाल ईङलिश बोर्डिङ स्कूलले तृतीय स्थान प्राप्त गरेको छ । २१ अंक प्राप्त गरेको  ज्ञान प्रकाश माध्यमिक विद्यालय सान्त्वना भएको छ ।  
सफल विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथीले नगत र प्रमाणपत्रले सम्मान गरेका छन्। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक , विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम ज्ञान प्रकास माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खनालको अध्क्षता तथा शिक्षक मदन भट्टराईको सञ्चालनमा सम्पन्न  पत्रकार विक्रम पाण्डेले खबर पठाएका छन् ।